१३ बैशाख २०८१, बिहिबार
25-04-2024 , Thu
×

समाज रुपान्तरणको अभियानलाई अगाडि बढाउनुपर्छः प्रदेश उपसभामुख थारु

Logo
प्रकाशित शनिबार, माघ २४, २०७७

न्यूजमधेश डेस्क
बुटबल ,२४ माघ । लुम्बिनी प्रदेशसभाका उपसभामुख कृष्णीकुमारी थारुले समाज रुपान्तरणको अभियानलाई अझै सक्रिय ढङ्गले अगाडि बढाउनुपर्ने बताउनुभएको छ ।

सञ्चारिका समूह रुपन्देही र साहसी कदम नेपालले सामाजिक अभियान्ता र पत्रकार महिलाबीचमा आज बुटवलमा आयोजना गरेको अनुभव आदानप्रदान कार्यक्रममा उहाँले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको मुद्दालाई बलियो बनाउन सामाजिक अभियान्ता अझै जागरुक हुनुपर्ने बताउनुभयो । उहाँले आर्थिक रुपमा आत्मनिर्भर नहुँदासम्म महिला सधैँ पछाडि पर्ने उल्लेख गर्दै अब उद्योग, पर्यटन जस्ता क्षेत्रमा महिलालाई सक्रिय सहभागी बनाउनुपर्नेमा जोड दिनुभयो ।

उपसभामुख थारुले महिला अधिकारको रक्षा र सशक्तीकरणका लागि बलियो सञ्चारसंस्था र महिला पत्रकारको विशेष भूमिका रहने बताउँदै आफू कम्लहरी हुँदा धेरै पीडा सहेकाले अरुले सहन नपरोस् भन्ने उद्देश्यले नै मुक्तीको आन्दोलनको नेतृत्व गर्दै प्रदेशसभाको यात्रा तय गरेको अनुभव सुनाउनुभयो । उहाँले प्रदेशसभाबाट लैङ्गिकमैत्री कानून बनाउन आफ्नो सक्रियता रहने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेशका प्रमुख सम्झना शर्माले अधिकारमुखी संस्थामा काम गर्दा लैङगिकमैत्री वातावरण नहुँदा समस्या भोग्नुपरेको अनुभव सुनाउनुभयो । गैरसरकारी संस्था महासङ्घका केन्द्रीय उपाध्यक्ष सुमित्रा शर्माले पितृसतात्मक सोच र व्यवहारका कारण सामाजिक क्षेत्रमा महिलाले समस्या भोग्नुपरेकाले सबै मिलेर सशक्त रुपले आवाज उठाउनुपर्ने बताउनुभयो ।

सञ्चारिका समूह रुपन्देहीका सल्लाहकार माया गौतम, इन्दिरा अर्याल र अमृता अनमोलले महिला भएकै कारण पत्रकार महिलालाई गर्ने व्यवहार फरक भएको बताउँदै परिवर्तनका पक्षमा निरन्तर कलम चलाउनुपर्नेमा जोड दिनुभयो ।

सञ्चारिका समूहका अध्यक्ष निरु गौतमले समाज परिवर्तन, न्याय र अधिकारका लागि सञ्चारिकामा आबद्ध पत्रकार महिलाले निरन्तर कलमको माध्यमबाट आवाज उठाउँदै आएको बताउनुभयो ।

कदम नेपालका अध्यक्ष इन्दिरा आचार्यले हिंसा प्रभावित महिलाको न्याय र अधिकारका लागि काम गर्दा मानसिक रुपमा पिरोलिनु परेको अनुभव सुनाउँदै सञ्चारसंस्थामा समाचार आएकै कारण पीडितलाई न्यायका लागि बल मिल्ने बताउनुभयो ।

साहसी कदम नेपालका अध्यक्ष आनिक रानाले पत्रकार महिलाका कारण यौनिक तथा अल्पसङ्ख्यक समुदायका आवाज उठाउन सजिलो भएको बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

हेटौँडा । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक यमबहादुर सुवेदी मृत अवस्थामा फेला परेका छन् । बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलालका अङ्गरक्षकसमेत रहेको अन्दाजी ४५ वर्षीय सुवेदी झुण्डिएर मृत्यु भएको अवस्थामा फेला परेका हुन। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मङ्गलबार बिहान ६ः३० बजेको समयमा हेटौँडा उपमहानगरपालिका ११ स्थित वनदेवी मन्दिर नजिकै सालको रुखमा सुवेदी […]

न्यूमधेश डेस्क जनकपुरधाम,६ जेष्ठ ।रुपन्देहीको गैडहवा गाउँपालिका – ७ मा जनमत पार्टीका उम्मेदवार लाल बहादुर केवट विजयी भएको छ। अन्तिम मतपरिणाम अनुसार जनमत पार्टीका उम्मेदवार केवटले ७०१ मत प्राप्त गरि विजयी भएका हुन।उनी १३१ मतान्तर निर्वाचित भएको हो। उनको निकटतम प्रतिद्वन्दी नेपाल कम्युनिस्ट पार्टी ( एमाले )का उम्मेदवार ठग बहादुर कँवरले ५७० मत प्राप्त गरेर […]

न्यूजामधेश डेस्क रुपन्देही ,१५ कार्तिक । दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का महासचिव इसाला रुवाल विराकुनले आज लुम्बिनीमा कठिन चिवर दान गर्नुभएको छ । बौद्ध परम्पराअनुसार भिक्षुहरु तीन महिना वर्षवासमा बसेर निस्किएपछि गरिने पवित्र ‘कठिन’ उत्सवअन्तर्गत आज लुम्बिनीमा आयोजना गरिएको विशेष धार्मिक समारोहका बीच उहाँले भिक्षु सङ्घलाई कठिन चिवर दान गर्नुभएको हो । सार्कका […]