१९ फाल्गुण २०८२, बुधबार
04-03-2026 , Wed
×

रामजानकी अस्पतालले ६ महिना २० दिनमै जन्मेको बच्चा बचाउन सफल

Logo
प्रकाशित सोमबार, माघ २६, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम,२६ माघ। सामान्यतया महिला गर्भवति भएको ९ महिना पूरा भएपछि शिशुको जन्म हुन्छ। तर, कहिलेकाहिँ समय नपुग्दै शिशु जन्मन्छन्।

नेपालमा पनि आमरुपमा ७ महिनामा जन्मेको बच्चालाई भाग्यमानी ठानिन्छ। यद्यपि त्यसको कुनै वैज्ञानिक कारण प्रष्ट छैन। त्यसको मनोसामाजिक अर्थ समय अगावै जन्मिएर बाँच्न सफल भएकोले भाग्यमानी ठानिएको हुनसक्छ। समय नपुग्दै जन्मेका शिशुको शारीरिक र मानसिक विकास पूर्णरुपमा नहुने भएकाले जीवित रहने सम्भावना न्यून हुन्छ।

यता धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर १ की सीमा साहले गर्भ बसेको ६ महिना २० दिनमै बच्चा जन्माइन् । जन्मनेवित्तिकै बच्चाको स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि जनकपुरस्थित रामजानकी अस्पताल लगियो । उपचारपछि सोमबार सीमालाई अस्पतालले डिस्चार्ज गरिदिएको छ । अहिले आमा र बच्चा स्वास्थ्यस्थित ठीक भएको चिकित्सकले जनाएका छन् ।

बच्चा ठीक भएपछि सीमा खुसी छिन् । भन्छिन्– बाँच्ने आश नै मरिसकेको थियो । अहिले धेरै खुसी लागेको छ । डाक्टरहरुलाई धन्यावाद दिन चाहन्छु ।

आमा र बच्चाको उपचारको संलग्न थिए, चिकित्सकत्रय डा। हेमन्त शर्मा, डा। इसाराजुम साह र डा। अनिल कुमार साह । डा। इसाराजुम भन्छन्, ‘बच्चाको स्थिति एकदम नाजुक थियो । साढे ५ महिनामा जन्मेको बच्चा बचाउनु हाम्रो लागि ठूलै चुनौती थियो । हामी उपचार गर्न सफल भयौं । एकदम खुशी लागेको छ ।’

जन्मेका बेला बच्चाको तौल ९ सय ग्राम थियो । करिब एक महिनाको उपचारपछि बच्चाको तौल १ दशमलव ३ किलोग्रामको भएको छ ।

सीमाको कलिलो उमेरमै विवाह भएर गर्भ बसेका कारण यस्तो स्थिति आएको चिकित्सकले बताए । डा। साहले भने– सीमाको १५र१६ वर्षमै विवाह भएको रहेछ । विवाहलगत्तै गर्भ बसेछ । सानै उमेरमा गर्भवती भएकाले पिसावमा इन्फेक्सन भएका कारण कारण सात महिना नलाग्दै बच्चा जन्मेको हो ।

सात महिना नपुग्दै बच्चा जन्मेकाले आगामी दिनमा पनि समस्या आउन सक्ने चिकित्सकले बताएका छन् । डा। इसाराजुम भन्छन्– यस्तो अवस्थामा बच्चाको मुटु कमजोर हुन्छ । त्यसैले पनि समस्या हुन सक्छ । थोरै समस्यामा र एक केजीभन्दा कम तौलका बच्चा जन्मिँदा पछि आँखा नदेख्ने खतरा हुन्छ ।

नियमित जाँच गर्न चिकित्सकले सीमालाई सुझाव दिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]