१५ बैशाख २०८१, शनिबार
27-04-2024 , Sat
×

गल्फ समाज सेवा संस्थाद्वारा क्यान्सर पीडित राईनलाई आर्थिक सहयोग

Logo
प्रकाशित मंगलबार, माघ २७, २०७७

मनोज मोरबैता
जनकपुरधाम ,२७ माघ । गल्फ समाज सेवा संस्थाले क्यान्सर पिडितलाई आर्थिक सहयोग गरेको छ ।

सिरहा जिल्लाको लाहन नगरपालिका वडा नम्बर ७ का क्यान्सर पिडित मोहम्मद हकिम राइनलाई उपचारका लागि गल्फ समाज सेवा संस्था कतारले ३० हजार आर्थिक सहयोग गरेका हुन् ।

क्यान्सर पिडित राईनलाई आर्थिक समस्या रहेको संस्थाका सदस्य समशेर राईन थाहा पाएपछी उहाले संस्थाका कतार कार्यसमितिलाई जानकारी गराउनुभयो । गल्फ सेवा समाज कतारका पदाधिकारीहरुले आर्थिक संकलन गरेर उक्त रकम नेपाल पठाएको थियो ।

गल्फ सेवा संस्थाका सदस्य समशेर राईन ,अलि राईन र गफुर राईन सहितका टोलि धरान स्थित क्यान्सर अस्पतालमा पुगेर उपचाररत क्यान्सर पिडित राईनलाइ रकम हस्तान्तरण गरिएको हो।

उनलाई पूर्ण स्वस्थ हुन २० लाख रुपैयाँ लाग्ने उपचाररत अस्पतालले बताएपछि परिवार सहयोगी हातहरु खोजिरहेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

वीरगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले चालु आर्थिक वर्षको आठ महिनामा सवारीसाधनको जरिवाना बापत रु एक करोड ५० लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ । कार्यालयले फागुन मसान्तसम्म ट्राफिक नियम उल्लङ्घन गरेका १५ हजार पाँच सय ९१ सवारीसाधनबाट सो राजस्व सङ्कलन गरेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख भाष्कर खतिवडाले सो अवधिमा […]

विराटनगर । सुनसरीको इनरुवाबाट प्रहरीले १ करोड ८२ लाख ५१ हजारवटा नक्कली नोट बरामद गरेको छ । नेपाली १ हजार दरका नक्कली नोटहरू बरामद गरेको सुनसरी प्रहरी प्रमुख एसपी विपिन रेग्मीले जानकारी दिए । उनका अनुसार भारतीय स्कारपियो गाडीमा राखेर ल्याउँदै गरेको अवस्थामा इनरुवा नगरपालिका–४ स्थित सुनसरी खोलाको पुलनजिकबाट आइतबार नोटहरू बरामद गरिएको हो । […]

सिरहा । सुखीपुर नगरपालिका-९ का बुधराम मण्डलकी छोरी कुमारी ज्योतिको विवाह खर्च जुटाउन गणेश इँटा उद्योग सुखीपुरका सञ्चालक समाजसेवी रामचन्द्र साहले ६१ हजार नगद र एउटा ग्यास चुलो सहयोग स्वरूप उपलब्ध गराएको छ। तराई मधेशमा दाइजो प्रथा र तडकभडकको साथ विवाह गर्ने प्रथा झाँगिदै गइरहेकाले अभिभावकलाई ठुलो समस्या पर्ने गरेको छ । इँटा उद्यमीको सहयोग […]