२६ माघ २०८२, सोमबार
09-02-2026 , Mon
×

प्रशासनको लापरवाहिका कारण नारायणी अस्पताल अस्तव्यस्त बन्दै

Logo
प्रकाशित शुक्रबार, माघ ३०, २०७७

न्यूजमधेश डेस्क
वीरगञ्ज ,३० माघ । अस्पताल प्रशासनको लापरवाहिका कारण अहिले वीरगञ्जस्थित नारायणी अस्पताल अस्तव्यस्त बन्दै गएको छ ।

अस्पतालमा रहेको सीटी स्क्यान, एक्सरे जस्ता सेवा व्यवस्थित नगर्दा उपचारका लागि अस्पताल आएका विरामी चर्को शुल्क तिरेर बाहिरबाट सेवा लिन बाध्य बनेका छन् ।

निजी क्षेत्रबाट सञ्चालित सीटी स्क्यान तथा एक्सरे सेन्टरबाट अस्पताल प्रशासनलाई कमिशन आउने गरेकोले अस्पतालमा रहेको अत्याधुनिक मेसिन बनाउनेतर्फ चासो नदिएको श्रोतको दाबी छ ।

यस्तै सरकारले गएको ६ महिना अघि नै पठाएको अत्याधुनिक ४ थान आईसीयू बेड प्रयोगमै नल्याई अस्पताल हाता बाहिरै बेवारिसे पारेर फालिएको छ ।

आईसीयूलाई सुविधासम्पन्न र व्यवस्थित बनाउन ३ करोड रुपैयाँ आएको भएपनि अहिलेसम्म काम हुन सकेको छैन । गएको ६ महिनादेखि अस्पतालको नेतृत्व गरिरहेका मेडिकल सुपरिटेण्डेन्ट डा। सञ्जयकुमार ठाकुर कर्मचारी नियुक्ति र बाहिरि कमिशन खानमै व्यस्त बन्दा अस्पताल अस्तब्यस्त बन्न थालेको अस्पतालकै कर्मचारीहरु बताउँछन् ।

अस्पतालमा आएका विरामीले सुलभ सेवा प्राप्त गर्नु पर्नेमा सीटी स्क्यान, एक्सरे जस्ता आवश्यक सेवा नै पाउँनबाट वञ्चित हुनु परेको छ । यसले कम शुल्कमा उपचार हुने ठानेर ग्रामिण क्षेत्रबाट आउने विपन्न तथा निम्न आय भएका विरामीलाई उपचारको पहुँच पाउन कठिन बनाइदिएको छ ।

सीटी स्क्यान तथा एक्सरेका लागि निजी संस्थामै पुग्नु परेपछि कम खर्चमै नारायणी अस्पतालमै उपचार होला भनेर गाउँगाउँबाट आएका विरामी उपचार नै नगरी घर फर्कन बाध्य हुनु परेको छ ।

यस्तै सरकारले विपन्न तथा निम्न आय भएका व्यक्तिले सत प्रतिशत छुटमा इमर्जेन्सी सेवा पाउने भनेको भएपनि नारायणी अस्पतालले हरेकसँग शुल्क उठाइरहेको छ ।

विपन्न तथा निम्न आय भएकाहरुको नाममा आउने सेवा भने अस्पतालका मेसु डा। ठाकुरले कागज मिलाएर लिने गरेको अस्पतालकै कर्मचारी दाबी गर्छन् ।

त्यस्तै कोभिडका बेला प्रसुती, सर्जिकल तथा मेडिकल वार्डको क्षमता जति थियो अहिलेपनि त्यसमा बृद्धि गरिएको छैन । अहिले उपचारमा आउनेको संख्या दिनहुँ बढीरहे पनि मेसु डा। ठाकुर भने क्षमता बृद्धि गर्ने तर्फ कुनै चासो देखाइरहेका छैनन् ।

उनले आफू निकटका कर्मचारीलाई काखि च्यापेर नियम विपरित विभिन्न फाँटको नेतृत्व दिने गरेको भेटिएको छ ।

सामाजिक सुरक्षा योजनाको नेतृत्वमा पनि डा। ठाकुरले आफू अनुकुल व्यक्ति राखेका छन् । हरेक फाँटमा आफू निकट व्यक्तिलाई मात्रै प्रश्रय दिएर सबै फाँटबाट अकुत कुम्ल्याउने योजनामा लाग्दा अस्पतालको सेवा सुविधा भने खस्कँदै लथालिङ्ग अवस्थामा पुगेको छ ।

गएको केही समयअघि जिल्ला प्रशासन कार्यालय पर्साले गरेको छड्के जाँचमा समेत अस्पताल प्रमुखको लापरबाही बाहिरिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]