२९ मंसिर २०८२, सोमबार
15-12-2025 , Mon
×

प्रशासनको लापरवाहिका कारण नारायणी अस्पताल अस्तव्यस्त बन्दै

Logo
प्रकाशित शुक्रबार, माघ ३०, २०७७

न्यूजमधेश डेस्क
वीरगञ्ज ,३० माघ । अस्पताल प्रशासनको लापरवाहिका कारण अहिले वीरगञ्जस्थित नारायणी अस्पताल अस्तव्यस्त बन्दै गएको छ ।

अस्पतालमा रहेको सीटी स्क्यान, एक्सरे जस्ता सेवा व्यवस्थित नगर्दा उपचारका लागि अस्पताल आएका विरामी चर्को शुल्क तिरेर बाहिरबाट सेवा लिन बाध्य बनेका छन् ।

निजी क्षेत्रबाट सञ्चालित सीटी स्क्यान तथा एक्सरे सेन्टरबाट अस्पताल प्रशासनलाई कमिशन आउने गरेकोले अस्पतालमा रहेको अत्याधुनिक मेसिन बनाउनेतर्फ चासो नदिएको श्रोतको दाबी छ ।

यस्तै सरकारले गएको ६ महिना अघि नै पठाएको अत्याधुनिक ४ थान आईसीयू बेड प्रयोगमै नल्याई अस्पताल हाता बाहिरै बेवारिसे पारेर फालिएको छ ।

आईसीयूलाई सुविधासम्पन्न र व्यवस्थित बनाउन ३ करोड रुपैयाँ आएको भएपनि अहिलेसम्म काम हुन सकेको छैन । गएको ६ महिनादेखि अस्पतालको नेतृत्व गरिरहेका मेडिकल सुपरिटेण्डेन्ट डा। सञ्जयकुमार ठाकुर कर्मचारी नियुक्ति र बाहिरि कमिशन खानमै व्यस्त बन्दा अस्पताल अस्तब्यस्त बन्न थालेको अस्पतालकै कर्मचारीहरु बताउँछन् ।

अस्पतालमा आएका विरामीले सुलभ सेवा प्राप्त गर्नु पर्नेमा सीटी स्क्यान, एक्सरे जस्ता आवश्यक सेवा नै पाउँनबाट वञ्चित हुनु परेको छ । यसले कम शुल्कमा उपचार हुने ठानेर ग्रामिण क्षेत्रबाट आउने विपन्न तथा निम्न आय भएका विरामीलाई उपचारको पहुँच पाउन कठिन बनाइदिएको छ ।

सीटी स्क्यान तथा एक्सरेका लागि निजी संस्थामै पुग्नु परेपछि कम खर्चमै नारायणी अस्पतालमै उपचार होला भनेर गाउँगाउँबाट आएका विरामी उपचार नै नगरी घर फर्कन बाध्य हुनु परेको छ ।

यस्तै सरकारले विपन्न तथा निम्न आय भएका व्यक्तिले सत प्रतिशत छुटमा इमर्जेन्सी सेवा पाउने भनेको भएपनि नारायणी अस्पतालले हरेकसँग शुल्क उठाइरहेको छ ।

विपन्न तथा निम्न आय भएकाहरुको नाममा आउने सेवा भने अस्पतालका मेसु डा। ठाकुरले कागज मिलाएर लिने गरेको अस्पतालकै कर्मचारी दाबी गर्छन् ।

त्यस्तै कोभिडका बेला प्रसुती, सर्जिकल तथा मेडिकल वार्डको क्षमता जति थियो अहिलेपनि त्यसमा बृद्धि गरिएको छैन । अहिले उपचारमा आउनेको संख्या दिनहुँ बढीरहे पनि मेसु डा। ठाकुर भने क्षमता बृद्धि गर्ने तर्फ कुनै चासो देखाइरहेका छैनन् ।

उनले आफू निकटका कर्मचारीलाई काखि च्यापेर नियम विपरित विभिन्न फाँटको नेतृत्व दिने गरेको भेटिएको छ ।

सामाजिक सुरक्षा योजनाको नेतृत्वमा पनि डा। ठाकुरले आफू अनुकुल व्यक्ति राखेका छन् । हरेक फाँटमा आफू निकट व्यक्तिलाई मात्रै प्रश्रय दिएर सबै फाँटबाट अकुत कुम्ल्याउने योजनामा लाग्दा अस्पतालको सेवा सुविधा भने खस्कँदै लथालिङ्ग अवस्थामा पुगेको छ ।

गएको केही समयअघि जिल्ला प्रशासन कार्यालय पर्साले गरेको छड्के जाँचमा समेत अस्पताल प्रमुखको लापरबाही बाहिरिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]