१६ फाल्गुण २०८२, आइतबार
01-03-2026 , Sun
×

प्रतिगमनविरुद्ध स्रष्टाहरूले गरे हातमा साङ्लो बाँधेर प्रदर्शन

Logo
प्रकाशित शनिबार, फाल्गुण ०१, २०७७

न्यूजमधेश डेस्क
काठमाडौं,१ फागुन । स्रष्टाहरूले प्रतिनिधिसभा विघटनको विरोधमा शुक्रबार काठमाडौंमा हातमा साङ्लो बाँधेर प्रदर्शन गरेका छन् । साहित्य सृजक, स्रष्टा तथा मण्डला थियटरका कलाकारले हातमा साङ्लो बाँधेर प्रदर्शन गरेका हुन् ।

सबैखाले प्रतिगमनका विरुद्ध, निरन्तर अग्रगमनको पक्षमा स्रष्टा आन्दोलनुको ब्यानरमा स्रष्टाले भृकुटीमण्डपदेखि वसन्तपुरसम्म र्‍याली निकालेका छन् । ब्यानरभन्दा अगाडि ुविधिको शासन कायम गरु, ुमानव अधिकार रक्षा गरु, ुप्रेस स्वतन्त्रता सुनिश्चित गरु, हत्याहिंसा बन्द गरु, ुप्राज्ञिक स्वतन्त्रता कायम गरु लेखिएको प्ले कार्ड टाँसेर हातमा साङ्लो बाँधेका मण्डला थिएटरका कलाकारहरू थिए । उनीहरूले मुलुकमा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको भन्दै सबै किसिमका प्रतिगमनविरुद्ध हातमा साङ्लो बाँधेर प्रदर्शनमा उत्रिएका हुन् ।

वसन्तपुरमा पुगेर गरिएको सभामा कलाकार तथा स्रष्टाहरूले अभिव्यक्ति स्वतन्त्रण कुण्ठित भएको विरोधमा प्रतीकात्मक नाटक देखाउनुको साथै कविता र गीतबाट प्रतिगमनको विरोध गरेका थिए । कलाकारले साङ्लोले हात बाँधेर अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाएको विरोधमा प्रतीकात्मक प्रर्दशन गरेका थिए । प्रवीन शर्मा र प्रकाश गन्दर्भले गीत गाएर प्रतिगमनको विरोध रेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै कवि राजन मुकारुङले अभिव्यक्ति स्वतन्त्रको रक्षा गर्नु सबैको साझा मुद्दा भएकाले प्रतिगमन विरुद्ध सबै स्रष्टाहरु एकठाउँमा उभिनुपर्ने बताए । उनले निरंकुश सत्ता शासन र प्रधानमन्त्रीको अहंको चाँडै ठेगान लाग्ने विश्वास आफूले लिएको भन्दै सबैलाई एकताबद्ध हुन आह्वान गरे ।

ुसडक संघर्षमा हामी अघि बढिरहेका छौँ । निरंकुश सत्ता सासन र प्रधानमन्त्रीको अहंको चाँडै ठेगान लाग्नेछ भन्ने मैले अनुभूति गरेको छु । अहिले मैले किन ओलीलाई गाली गरिरहेको छु त रु यो भाषा कसले सिकायो हामीलाई रु उनैले सिकाए । उनलाई तँ भनेर गाली गर्दा पनि ठीक हुने पोजिसन सिकाएको उनैले हो । संस्कृति त होइन नि त । यो सिकाएकै उनैले हो । गाली गर्न सिकाएको उनैले होु उनले भने ।

यो साझा मुद्दा भएकाले पक्षरविपक्ष र प्रतिगन होरहोइन भनेर नेतालाई नसोधी सडक संघर्षमा एकजुट हुन उनले सबैलाई आग्रह गरे । साझा फोरमका सम्बन्धमा स्रष्टाहरूले जिज्ञासा राख्ने गरेको भन्दै उनले भने ुयो त साइँलाका जन्ती जानुहुन्छ भने मात्रै म बेहुली लिन जान्छु भने जस्तै हो ।ु

स्रष्टाहरूको प्रदर्शनमा पत्रकार एवं साहित्यकार नारायण वाग्ले, हरिगोविन्द लुईँटेल, दयाहाङ राई आहुति, निनु चापागाईं, विमला राईलगायतको उपस्थिति थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]