१४ कार्तिक २०८२, शुक्रबार
31-10-2025 , Fri
×

प्रतिगमनविरुद्ध स्रष्टाहरूले गरे हातमा साङ्लो बाँधेर प्रदर्शन

Logo
प्रकाशित शनिबार, फाल्गुण ०१, २०७७

न्यूजमधेश डेस्क
काठमाडौं,१ फागुन । स्रष्टाहरूले प्रतिनिधिसभा विघटनको विरोधमा शुक्रबार काठमाडौंमा हातमा साङ्लो बाँधेर प्रदर्शन गरेका छन् । साहित्य सृजक, स्रष्टा तथा मण्डला थियटरका कलाकारले हातमा साङ्लो बाँधेर प्रदर्शन गरेका हुन् ।

सबैखाले प्रतिगमनका विरुद्ध, निरन्तर अग्रगमनको पक्षमा स्रष्टा आन्दोलनुको ब्यानरमा स्रष्टाले भृकुटीमण्डपदेखि वसन्तपुरसम्म र्‍याली निकालेका छन् । ब्यानरभन्दा अगाडि ुविधिको शासन कायम गरु, ुमानव अधिकार रक्षा गरु, ुप्रेस स्वतन्त्रता सुनिश्चित गरु, हत्याहिंसा बन्द गरु, ुप्राज्ञिक स्वतन्त्रता कायम गरु लेखिएको प्ले कार्ड टाँसेर हातमा साङ्लो बाँधेका मण्डला थिएटरका कलाकारहरू थिए । उनीहरूले मुलुकमा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको भन्दै सबै किसिमका प्रतिगमनविरुद्ध हातमा साङ्लो बाँधेर प्रदर्शनमा उत्रिएका हुन् ।

वसन्तपुरमा पुगेर गरिएको सभामा कलाकार तथा स्रष्टाहरूले अभिव्यक्ति स्वतन्त्रण कुण्ठित भएको विरोधमा प्रतीकात्मक नाटक देखाउनुको साथै कविता र गीतबाट प्रतिगमनको विरोध गरेका थिए । कलाकारले साङ्लोले हात बाँधेर अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाएको विरोधमा प्रतीकात्मक प्रर्दशन गरेका थिए । प्रवीन शर्मा र प्रकाश गन्दर्भले गीत गाएर प्रतिगमनको विरोध रेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै कवि राजन मुकारुङले अभिव्यक्ति स्वतन्त्रको रक्षा गर्नु सबैको साझा मुद्दा भएकाले प्रतिगमन विरुद्ध सबै स्रष्टाहरु एकठाउँमा उभिनुपर्ने बताए । उनले निरंकुश सत्ता शासन र प्रधानमन्त्रीको अहंको चाँडै ठेगान लाग्ने विश्वास आफूले लिएको भन्दै सबैलाई एकताबद्ध हुन आह्वान गरे ।

ुसडक संघर्षमा हामी अघि बढिरहेका छौँ । निरंकुश सत्ता सासन र प्रधानमन्त्रीको अहंको चाँडै ठेगान लाग्नेछ भन्ने मैले अनुभूति गरेको छु । अहिले मैले किन ओलीलाई गाली गरिरहेको छु त रु यो भाषा कसले सिकायो हामीलाई रु उनैले सिकाए । उनलाई तँ भनेर गाली गर्दा पनि ठीक हुने पोजिसन सिकाएको उनैले हो । संस्कृति त होइन नि त । यो सिकाएकै उनैले हो । गाली गर्न सिकाएको उनैले होु उनले भने ।

यो साझा मुद्दा भएकाले पक्षरविपक्ष र प्रतिगन होरहोइन भनेर नेतालाई नसोधी सडक संघर्षमा एकजुट हुन उनले सबैलाई आग्रह गरे । साझा फोरमका सम्बन्धमा स्रष्टाहरूले जिज्ञासा राख्ने गरेको भन्दै उनले भने ुयो त साइँलाका जन्ती जानुहुन्छ भने मात्रै म बेहुली लिन जान्छु भने जस्तै हो ।ु

स्रष्टाहरूको प्रदर्शनमा पत्रकार एवं साहित्यकार नारायण वाग्ले, हरिगोविन्द लुईँटेल, दयाहाङ राई आहुति, निनु चापागाईं, विमला राईलगायतको उपस्थिति थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]