१५ फाल्गुण २०८२, शनिबार
28-02-2026 , Sat
×

जनकपुरमा प्रहरी चौकीकै अगाडीबाट पत्रकारको मोटरसाइकल चोरी

Logo
प्रकाशित सोमबार, फाल्गुण ०३, २०७७

सिबेन्द्र रोहिता
जनकपुरधाम ,३ फागुन । प्रदेश २ का अस्थायी राजधानी जनकपुरधाममा प्रहरी चौकीकै अगाडीबाट पत्रकारको मोटरसाइकल चोरी भएको छ ।

सोमबार जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ बाट दिउंसो १ बजे अफ द बिट मिडिया प्रालिद्वारा संचालित खोजकेन्द्र डट कमका सम्पादक पत्रकार राजकमल सिंहको पल्सर मोटरसाइकल चोरी भएको छ ।

भन्सार कार्यालय नजिकै रहेको डेरा अगाडीबाट पत्रकार सिंहको गाडी चोरी भएको हो । अफ द बिट मिडिया प्रालिको नाममा रहेको सो मोटरसाइकलको अस्थायी नम्बर लु ६५ प ८२२९ रहेको छ ।

कालो निलो रंगको २२० सिसिको मोटरसाइकल केहि महिना अगाडी मात्र पत्रकार सिंह खरिद गरेका थिए । गाडी चोरी भएलगत्तै प्रहरीलाई खबर गरेपनि फेला नपरेको उनले बताए ।

प्रहरीको फितलो शुरक्षा व्यवस्थाकै कारणले यता केहि दिनदेखी जनकपुरधाममा मोटरसाइकल चोरको बिगबिगी बढेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]