२७ फाल्गुण २०८२, बिहिबार
12-03-2026 , Thu
×

बलात्कारबाट गर्भवती भएकी बालिकालाई बाबुले सडकमै छाडेर भागे

Logo
प्रकाशित बुधबार, फाल्गुण ०५, २०७७

न्यूजमधेश डेस्क
विराटनगर,५ फागुन। विराटनगरमा बलात्कारबाट गर्भवती भएकी छोरीलाई एक्लै छाडेर उनका बाबु सम्पर्कविहीन भएका छन् । भारतबाट सानिमाको घर जाने भन्दै १३ वर्षीय छोरीलाई लिएर विराटनगर आएका भारत सीतामढीका नागेन्द्र साह विराटनगरबाट भागेका हुन् ।

बालिकाको पेटमा बलात्कारपछि रहेको गर्भ छ । २९ माघमा नागेन्द्रले सात महिनाकी गर्भवती छोरीलाई सुनसरीको भाण्टाबारी हुँदै विराटनगर ल्याएका थिए । सोही दिन जिल्ला प्रशासन कार्यालय मोरङ अगाडि छाडेर उनी भागेको एबीसी नेपाल विराटनगरकी प्रमुख विष्णु शर्मा पन्तले जानकारी दिइन् ।

दिनभरि प्रशासन कार्यालय अगाडि रोएर बसेकी बालिकालाई प्रहरीले उद्दार गरी एबीसी नेपालको संरक्षणमा राखेको छ । एबीसीको संरक्षणमा रहेका बेला बिरामी परेकी उनको कोसी अस्पताल विराटनगरमा जाँच गराउदा सात महिनाको गर्भ रहेको खुलेको थियो ।

‘छोरी गर्भवती रहेको थाहा पाएपछि बुबाले सानिमाको घर जाने भन्दै विराटनगर ल्याएर छाडेछन्’ पन्तले भनिन् ‘सडकमा रुँदै बसेका कारण बटुवाले खाना खानका लागि पैसा पनि दिएछन् । प्रहरीले उद्दार गरेपछि एबीसी नेपालमा राखिएको छ ।’

उनका अनुसार बालिकाको पेटमा २८ हप्ताको गर्भ छ । तर सानै उमेरमा गर्भ रहेका कारण बच्चा र आमाको दुवैको स्वास्थ्य अवस्था कमजोर छ । ‘खोजी गर्दा बुबा पत्ता लागेका छन् । तर बोलाउँदा लिन आएका छैनन्’ उनले भनिन् ‘प्रहरीको समन्वयमा भारतमा नै जिम्मा लगाउने तयारी छ ।’

सात महिनाको गर्भ देखिएपछि सोधीखोजी गर्दा उनलाई आफ्नै भाउजूका भाइले करणी गरेको खुलेको उनले बताइन् । बलात्कारको गर्भ पतन गर्न सक्ने अवस्थामा नरहेको उनले बताइन् । ‘भाउजुका भाइले करणी गर्दा गर्भ रहेको रहेछ’ उनले भने ‘इज्जत जाने डरले बुबाले नेपालमा ल्याएर छाडिदिए ।’

एकसाता यता रहेको बालिकालाई जिल्ला प्रहरी कार्यालय धनुषासँगको समन्वयमा भारतीय प्रहरीलाई बालिका जिम्मा लगाउने तयारी भएको उनले बताइन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]