११ कार्तिक २०८२, मंगलबार
28-10-2025 , Tue
×

बलात्कारबाट गर्भवती भएकी बालिकालाई बाबुले सडकमै छाडेर भागे

Logo
प्रकाशित बुधबार, फाल्गुण ०५, २०७७

न्यूजमधेश डेस्क
विराटनगर,५ फागुन। विराटनगरमा बलात्कारबाट गर्भवती भएकी छोरीलाई एक्लै छाडेर उनका बाबु सम्पर्कविहीन भएका छन् । भारतबाट सानिमाको घर जाने भन्दै १३ वर्षीय छोरीलाई लिएर विराटनगर आएका भारत सीतामढीका नागेन्द्र साह विराटनगरबाट भागेका हुन् ।

बालिकाको पेटमा बलात्कारपछि रहेको गर्भ छ । २९ माघमा नागेन्द्रले सात महिनाकी गर्भवती छोरीलाई सुनसरीको भाण्टाबारी हुँदै विराटनगर ल्याएका थिए । सोही दिन जिल्ला प्रशासन कार्यालय मोरङ अगाडि छाडेर उनी भागेको एबीसी नेपाल विराटनगरकी प्रमुख विष्णु शर्मा पन्तले जानकारी दिइन् ।

दिनभरि प्रशासन कार्यालय अगाडि रोएर बसेकी बालिकालाई प्रहरीले उद्दार गरी एबीसी नेपालको संरक्षणमा राखेको छ । एबीसीको संरक्षणमा रहेका बेला बिरामी परेकी उनको कोसी अस्पताल विराटनगरमा जाँच गराउदा सात महिनाको गर्भ रहेको खुलेको थियो ।

‘छोरी गर्भवती रहेको थाहा पाएपछि बुबाले सानिमाको घर जाने भन्दै विराटनगर ल्याएर छाडेछन्’ पन्तले भनिन् ‘सडकमा रुँदै बसेका कारण बटुवाले खाना खानका लागि पैसा पनि दिएछन् । प्रहरीले उद्दार गरेपछि एबीसी नेपालमा राखिएको छ ।’

उनका अनुसार बालिकाको पेटमा २८ हप्ताको गर्भ छ । तर सानै उमेरमा गर्भ रहेका कारण बच्चा र आमाको दुवैको स्वास्थ्य अवस्था कमजोर छ । ‘खोजी गर्दा बुबा पत्ता लागेका छन् । तर बोलाउँदा लिन आएका छैनन्’ उनले भनिन् ‘प्रहरीको समन्वयमा भारतमा नै जिम्मा लगाउने तयारी छ ।’

सात महिनाको गर्भ देखिएपछि सोधीखोजी गर्दा उनलाई आफ्नै भाउजूका भाइले करणी गरेको खुलेको उनले बताइन् । बलात्कारको गर्भ पतन गर्न सक्ने अवस्थामा नरहेको उनले बताइन् । ‘भाउजुका भाइले करणी गर्दा गर्भ रहेको रहेछ’ उनले भने ‘इज्जत जाने डरले बुबाले नेपालमा ल्याएर छाडिदिए ।’

एकसाता यता रहेको बालिकालाई जिल्ला प्रहरी कार्यालय धनुषासँगको समन्वयमा भारतीय प्रहरीलाई बालिका जिम्मा लगाउने तयारी भएको उनले बताइन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]