१८ फाल्गुण २०८२, मंगलबार
03-03-2026 , Tue
×

राजदेवी मन्दिर परिसरमा धर्मशाला बन्ने

Logo
प्रकाशित बुधबार, फाल्गुण ०५, २०७७

न्यूजमधेश डेस्क
कलैया ,५ फागुन । कलैया उपमहानगरपालिका–१ स्थित रहेको शक्तिपीठ राजदेवी मन्दिर परिसरमा धर्मशालाको शिलान्यास गरिएको छ ।

करिब रु १८ लाखको लागतमा धर्मशाला निर्माण हुनेभएको छ । शिलान्यास कार्यक्रममा उपमहानगरपालिकाका प्रमुख राजेशराय यादवले मेयर यादवले पहिलो चरणमा रु आठ लाख उपमहानगरका तर्फबाट सहयोग गर्ने घोषणा गर्नुभयो ।

धर्मशाला निर्माण भएपछि भाकल लिएर टाढा टाढाबाट आउने भक्तजनलाई बास बस्न सजिलो हुने उहाँले बताउनुभयो ।

उहाँले मन्दिरको संरक्षण एवं सम्वद्र्धनमा पनि उपमहानगरको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

राजदेवी मन्दिर बलिका लागि पनि प्रख्यात रहेको हुँदा दशैँमा बलि चढाउनेहरुको घुइँचो लाग्ने गरेको स्थानीयवासी दिव्यनाथ श्रेष्ठले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]