०२ पुष २०८२, बिहिबार
18-12-2025 , Thu
×

राजदेवी मन्दिर परिसरमा धर्मशाला बन्ने

Logo
प्रकाशित बुधबार, फाल्गुण ०५, २०७७

न्यूजमधेश डेस्क
कलैया ,५ फागुन । कलैया उपमहानगरपालिका–१ स्थित रहेको शक्तिपीठ राजदेवी मन्दिर परिसरमा धर्मशालाको शिलान्यास गरिएको छ ।

करिब रु १८ लाखको लागतमा धर्मशाला निर्माण हुनेभएको छ । शिलान्यास कार्यक्रममा उपमहानगरपालिकाका प्रमुख राजेशराय यादवले मेयर यादवले पहिलो चरणमा रु आठ लाख उपमहानगरका तर्फबाट सहयोग गर्ने घोषणा गर्नुभयो ।

धर्मशाला निर्माण भएपछि भाकल लिएर टाढा टाढाबाट आउने भक्तजनलाई बास बस्न सजिलो हुने उहाँले बताउनुभयो ।

उहाँले मन्दिरको संरक्षण एवं सम्वद्र्धनमा पनि उपमहानगरको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

राजदेवी मन्दिर बलिका लागि पनि प्रख्यात रहेको हुँदा दशैँमा बलि चढाउनेहरुको घुइँचो लाग्ने गरेको स्थानीयवासी दिव्यनाथ श्रेष्ठले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]