१५ चैत्र २०८०, बिहिबार
28-03-2024 , Thu
×

वडा स्तरीय क्रिकेट प्रतियोगिता मेयर सिंहले गरे उदघाटन

Logo
प्रकाशित शुक्रबार, फाल्गुण ०७, २०७७

लोकेन्द्र यादव
राजविराज ,७ फागुन । सप्तरीको बोदे बर्साईन नगरपालिकामा शुक्रबार देखि वडा स्तरीय क्रिकेट प्रतियोगिता सुरू भएको छ ।

प्रतियोगिताको उद्घाटन बोदे बर्साईन नगरपालिका नगर प्रमुख आतेश कुमार सिंह यादवले गरेका थिए ।

आज पहिलो दिनको खेल वडा नम्वर १० र वडा नम्वर ९ देउरीको बिच भएको थियो । टस जितेर वडा नम्वर १० खडकपुरले फिल्डिङ रोजेका थिए, भने ब्याटिङ देउरी टिमले १२ ओभर २ बलमा ६६ बनाई अलआउट भएका थिए, कप्तान आदर्श यादवले १४ रनको योगदान गरेका थिए, अरू खेलाडीले दोहरो अंक समेत जोडन पाएन ।

जवाफी ब्याटिमा उतरेका वडा नम्वर १० खडकपुरले १ विकेटको छतिमा ६ ओभर ४ बलमा बिजय लक्ष्य प्राप्त गरेका छन् । आजको खेलमा खडकपुर टिमका सदानन्द यादवले ह्याट्रिक विकेट लिदैँ म्यानफ द म्याच घोषित भए ।

बोदे बर्साईन नगर खेलकुद समिति अध्यक्ष कामेश्वर यादवको अध्यक्षतामा अयोजित उद्घाटन खेलमा जिल्ला क्रिकेट संघ सप्तरी सदस्य अनवर अली वडा १ देखि १० सम्मका वडा अध्यक्षहरू, थिए । राजनीतिक दलका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सर्लाही । आमचुनाव २०७९ यता मधेशमा बलियो पार्टीको रुपामा स्थापित भएको जनमत पार्टीप्रति जनताको आकर्षण झन् झन् बढ्दै गएको छ । डा.सीके राउतले नेतृत्व गरेको सो पार्टीमा आमचुनाव यता प्रवेश गर्नेहरुको लर्को नै लागेको छ भने सो क्रम अझै रोकिएको छैन । जनता समाजवादी पार्टी(जसपा), लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा), नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र […]

जनकपुरधाम । जनकपुरधाममा जारी प्रथम सभामुख क्रिकेट कप–२०८० को फाइनलमा धनुषा आफ्नो स्थान सुरक्षित गरेको छ । विहीबार बारालाई ६ विकेटले पराजित गर्दै धनुषा फाइनलको यात्रा तय गरेको हो । सिरहा बुधबार नै महोत्तरीलाई पराजित गर्दै फाइनलमा पुगेका थिए । अव उपाधिको लागि शनिबार धनुषा र सिरहाबीच प्रतिस्पर्धा हुने छन् । रामजानकी बहुद्देश्य अन्तराष्ट्रिय रंगशाला […]

जनकपुरधाम । जनकपुरधाममा जारी प्रथम सभामुख क्रिकेट कप–२०८० को फाइनलमा सिरहा प्रवेश गरेको छ । बुधबार महोत्तरीलाई ६८ रनले पराजित गर्दै सिरहा फाइनलको यात्रा तय गरेको हो । रामजानकी बहुद्देश्य अन्तराष्ट्रिय रंगशाला जनकपुरधाममा पाँचौं दिन पहिलो सेमिफाइनल खेल भएको थियो । टस जितेर सिरहा टिमले पहिला ब्याटिङ गर्ने निर्णय गरेका थिए । सिरहाका खेलाडीहरु ३४ […]