०१ पुष २०८२, बुधबार
17-12-2025 , Wed
×

जसपामा चरम विवाद पार्टी फोड्ने राजेन्द्र महतोको अन्तिम तयारी

Logo
प्रकाशित शुक्रबार, फाल्गुण ०७, २०७७

न्यूजमधेश डेस्क
काठमाडौ,७ फागुन । जनता समाजवादी पार्टी नेपाल (जसपा) भित्रको विवाद छताछुल्ल भएर बाहिर आएको छ । जसपाका शीर्ष नेताहरूभित्र मेल हुन नसकेपछि पार्टी फुटको नजिक पुगेको छ ।

जसपाका अध्यक्ष उपेन्द्र यादवले बाबुराम भट्टराईसँग मिलेर पूर्व राजपावाला नेताहरूको राजनीति सिध्याउन लागेपछि पार्टी फुटको नजिक पुगेको हो ।

उपेन्द्र र बाबुराम जसपामा हाबी भएका छन् । यी दुई नेताहरूको निर्देशनमा पूर्व राजपाका नेताहरूलाई अवसरबाट बञ्चित गराउने गरिएको छ ।

यसैबीच, पूर्वरापजाका नेताहरूलाई मात्रै बोलाएर राष्ट्रिय विद्यार्थी संघको केन्द्रीय कार्यसमितिले काठमाडौंमा वृहत विद्यार्थी भेलाको आयोजना गरेको छ । भेलामा उपेन्द्र र बाबुरामलाई बोलाइएको छैन । उनीहरूको तस्वीर पनि पोस्टरमा राखिएको छैन ।

भेलामा महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी, महेन्द्र राय यादव, राजकिशोर यादव र अनिल झालाई मात्रै बोलाइएको छ । उनीहरूलाई प्रमुख वक्ताका रुपमा राखिएको छ ।

केही समय अगाडि सिरहामा भएको कार्यक्रममा उपेन्द्रले रेणु यादवलाई प्रमुख अतिथि बनाएर राजकिशोर यादवलाई जुनियर नेताहरूभन्दा तल आसन ग्रहण गराएपछि राजकिशोरसहितका उनको समूहले कार्यक्रम बहिस्कार गरेको थियो । सिरहा घटनाबाट पूर्व राजपाका नेताहरू झस्किएका छन् ।

उपेन्द्रले पार्टीभित्र निरंकुशता लाद्दै आएका छन् । उपेन्द्रको त्यही व्यवहारले गर्दा उनको पार्टी पटक पटक फुट्ने गरेको छ । बाबुराम पनि उपेन्द्रकै लाइनमा छन् । बाबुराम पनि एउटा पार्टीमा लामो समय टिकेर बस्न सक्दैनन् ।

जसपाको एउटा समूह चोइटिएर प्रधानमन्त्री केपी ओली नेतृत्वको नेकपामा प्रवेशको तयारी गरेको छ । भित्रभित्रै गृहकार्य भइरहेको एक नेताले बताएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]