०२ चैत्र २०८२, मंगलबार
17-03-2026 , Tue
×

जसपामा चरम विवाद पार्टी फोड्ने राजेन्द्र महतोको अन्तिम तयारी

Logo
प्रकाशित शुक्रबार, फाल्गुण ०७, २०७७

न्यूजमधेश डेस्क
काठमाडौ,७ फागुन । जनता समाजवादी पार्टी नेपाल (जसपा) भित्रको विवाद छताछुल्ल भएर बाहिर आएको छ । जसपाका शीर्ष नेताहरूभित्र मेल हुन नसकेपछि पार्टी फुटको नजिक पुगेको छ ।

जसपाका अध्यक्ष उपेन्द्र यादवले बाबुराम भट्टराईसँग मिलेर पूर्व राजपावाला नेताहरूको राजनीति सिध्याउन लागेपछि पार्टी फुटको नजिक पुगेको हो ।

उपेन्द्र र बाबुराम जसपामा हाबी भएका छन् । यी दुई नेताहरूको निर्देशनमा पूर्व राजपाका नेताहरूलाई अवसरबाट बञ्चित गराउने गरिएको छ ।

यसैबीच, पूर्वरापजाका नेताहरूलाई मात्रै बोलाएर राष्ट्रिय विद्यार्थी संघको केन्द्रीय कार्यसमितिले काठमाडौंमा वृहत विद्यार्थी भेलाको आयोजना गरेको छ । भेलामा उपेन्द्र र बाबुरामलाई बोलाइएको छैन । उनीहरूको तस्वीर पनि पोस्टरमा राखिएको छैन ।

भेलामा महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी, महेन्द्र राय यादव, राजकिशोर यादव र अनिल झालाई मात्रै बोलाइएको छ । उनीहरूलाई प्रमुख वक्ताका रुपमा राखिएको छ ।

केही समय अगाडि सिरहामा भएको कार्यक्रममा उपेन्द्रले रेणु यादवलाई प्रमुख अतिथि बनाएर राजकिशोर यादवलाई जुनियर नेताहरूभन्दा तल आसन ग्रहण गराएपछि राजकिशोरसहितका उनको समूहले कार्यक्रम बहिस्कार गरेको थियो । सिरहा घटनाबाट पूर्व राजपाका नेताहरू झस्किएका छन् ।

उपेन्द्रले पार्टीभित्र निरंकुशता लाद्दै आएका छन् । उपेन्द्रको त्यही व्यवहारले गर्दा उनको पार्टी पटक पटक फुट्ने गरेको छ । बाबुराम पनि उपेन्द्रकै लाइनमा छन् । बाबुराम पनि एउटा पार्टीमा लामो समय टिकेर बस्न सक्दैनन् ।

जसपाको एउटा समूह चोइटिएर प्रधानमन्त्री केपी ओली नेतृत्वको नेकपामा प्रवेशको तयारी गरेको छ । भित्रभित्रै गृहकार्य भइरहेको एक नेताले बताएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]