३१ आषाढ २०८२, बुधबार
16-07-2025 , Wed
×

सप्तरीमा सात महिनामा पाँच सय ५ फरार अपराधी प्रहरी नियन्त्रणमा

Logo
प्रकाशित शनिबार, फाल्गुण ०८, २०७७

न्यूजमधेश डेस्क
राजविराज,८ फागुन । चालु आर्थिक बर्षको पछिल्लो सात महिनामा विभिन्न मुद्दामा कैद तथा जरिवाना सजाय पाएका ५ सय ५ जनालाई सप्तरी प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार पछिल्लो पटक शुक्रबार विगत पाँच महिनादेखी जवरजस्तीकरणीका फरार अभियुक्त सप्तरीको सुरुङ्गा नगरपालिका ५ बस्ने २० वर्षिय मो। सहादत पक्राउ परेका छन् । उनीसँगै साउन यता फरार अभियुक्त पक्राउ पर्नेको संख्या ५ सय ७ पुगेको हो ।

फरार अपराधी पक्राउ गर्न प्रहरी सक्रियता बढेपछि चालु आ।ब।को आधी अवधीमै यती धेरै संख्यामा फरार अपराधी पक्राउ गर्न प्रहरी सफल भएको छ । प्रहरी उपरिक्षक राजेन्द्र धमलाका अनुसार पक्राउ पर्ने फरार प्रतिवादीहरुमा कुटपिट मुद्दाका सर्वाधिक छन् । यस्तै सवारी ज्यान, कर्तत्व ज्यान, गाली बेइजती, ठगि, जबरजस्तीकरणी, लेनदेन लगायत मुद्दाका फरार प्रतिवादी पनि पक्राउ पर्नेमा छन् ।

पक्राउ परेका फरार प्रतिवादीबाट ६५ वर्ष ६ महिना २२ दिन कैद बक्यौता तथा जरिवानाको वक्यौता १२ लाख ७७ हजार ७ सय २६ रुँपैया असुली भएको जिल्ला प्रहरी कार्यालयद्वारा उपलब्ध गराइएको तथ्याङ्कमा उल्लेख छ । पक्राउ परेका सबैलाई अदालतमा उपस्थित गराई कैद भुक्तानका लागि राजविराज कारागार चलान गरिएको डिएसपी भुवनेश्वर साहले बताए ।

यस्तै यस अवधीमा भन्सार छलि भित्राइएका ८८ थान मोटरसाइकल, ८ थान अटोरिक्सा, ५ थान ट्याक्टर, ३ थान पिकअप तथा २ थान टेम्पो नियन्त्रणमा लिई कारवाही प्रक्रियाका लागि भन्सार बुझाइएको डिएसपी साहले जानकारी दिए । यसरी बरामद गरिएका सवारीसाधनको २ करोड ३४ लाख १७ हजार ५ सय ७२ रुँपैया अनुमानित मुल्याङ्कन गरिएको छ ।

यस्तै यस अवधीमा जिल्लामा विभिन्न अपराधका ४ सय ३७ मुद्दा दर्ता भएका छन् । जुन गत आ।ब।को तुलनामा कम रहेको तथ्याङ्कले देखाएको छ । अपराध नियन्त्रणका लागि चलाइएको अभियान उपलब्धीमूलक बन्दै गएको भन्दै प्रहरीले यसमा सघाउन सबैसँग आग्रह पनि गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]