०८ बैशाख २०८१, शनिबार
20-04-2024 , Sat
×

महिला फुटबल टोलीको प्रशिक्षकमा फिलिप्स नियुक्त

Logo
प्रकाशित बिहिबार, फाल्गुण १३, २०७७

न्यूजमधेश डेस्क
काठमाडौं,१३ फागुन । नेपाली महिला राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकमा अष्ट्रेलियाका ग्यारी फिलिप्सलाई नियुक्त गरिएको छ । अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०ले फिलिप्सलाई प्रशिक्षकमा नियुक्त गरेको हो ।

यसअघि एन्फाको पाँच सदस्यीय प्राविधिक समितिले फिलिप्सलाई प्रशिक्षकका लागि प्रस्ताव गरेको थियो । फिलिप्स अहिले एन्फाको प्राविधिक निर्देशकका रुपमा कार्यरत हुनुहुन्छ । गत वर्ष नेपालमा सम्पन्न १३औँ दक्षिण एशियाली खेलकूद ९साग० पछि महिला फुटबल टोलीका प्रशिक्षक हरि खड्काले राजीनामा दिएपछि उक्त पद रिक्त थियो । खड्का हाल एन्फाको महिला फुटबल विभाग प्रमुखका रुपमा कार्यरत हुनुहुन्छ ।

यस्तै एन्फाले महिला साफ च्याम्पियनसिप र एएफसी महिला एशियन कप छनोट खेलको तयारीका लागि महिला टिमको बन्द प्रशिक्षण छिट्टै शुरु गर्ने जनाएको छ । एन्फाले गत माघ ७ देखि फागुन ७ गतेसम्म पहिलो पटक महिला फुटबलको डबल राउण्ड रोविन लिग आयोजना गरेको छ । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी बन्द प्रशिक्षणका लागि छनोट गरिने एन्फाले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । जनकपुरधाममा जारी प्रथम सभामुख क्रिकेट कप–२०८० को फाइनलमा धनुषा आफ्नो स्थान सुरक्षित गरेको छ । विहीबार बारालाई ६ विकेटले पराजित गर्दै धनुषा फाइनलको यात्रा तय गरेको हो । सिरहा बुधबार नै महोत्तरीलाई पराजित गर्दै फाइनलमा पुगेका थिए । अव उपाधिको लागि शनिबार धनुषा र सिरहाबीच प्रतिस्पर्धा हुने छन् । रामजानकी बहुद्देश्य अन्तराष्ट्रिय रंगशाला […]

जनकपुरधाम । जनकपुरधाममा जारी प्रथम सभामुख क्रिकेट कप–२०८० को फाइनलमा सिरहा प्रवेश गरेको छ । बुधबार महोत्तरीलाई ६८ रनले पराजित गर्दै सिरहा फाइनलको यात्रा तय गरेको हो । रामजानकी बहुद्देश्य अन्तराष्ट्रिय रंगशाला जनकपुरधाममा पाँचौं दिन पहिलो सेमिफाइनल खेल भएको थियो । टस जितेर सिरहा टिमले पहिला ब्याटिङ गर्ने निर्णय गरेका थिए । सिरहाका खेलाडीहरु ३४ […]

जनकपुरधाम । जनकपुरधाममा जारी सभामुख क्रिकेट कपमा धनुषा विजयी भएको छ । मंगलबार रामजानकी बहुउद्देश्य अन्तर्राष्ट्रिय रंगशालामा सप्तरीलाई ३३ रनले पराजित गर्दै धनुषा विजयी भएको हो । टस जितेर धनुषा टिम पहिला बलेबाजी गर्ने निर्णय गरेका थिए । निर्धारित ४० ओभरमा धनुषा टिम सबै विकेट गुमाएर एक सय ८३ रनको लक्ष्य सप्तरी समक्ष प्रस्तुत गरेका […]