२८ बैशाख २०८१, शुक्रबार
10-05-2024 , Fri
×

बालविवाह विवाह गरेको अभियोगमा बेहुला पक्राउ

Logo
प्रकाशित शनिबार, फाल्गुण १५, २०७७

न्यूजमधेश डेस्क
वीरगन्ज,१५ फागुन । किशोरीसँग विवाह गरेको अभियोगमा प्रहरीले बेहुला र उनका बुबालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

वीरगन्ज महानगरपालिका–१६ लक्ष्मीनारायण टोलकी १७ वर्षकी किशोरीसँग विवाह गरेको अभियोगमा प्रहरीले हिजो शुक्रबार सोही ठाउँका १९ वर्षीय बेहुला र उनका बुबालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

लक्ष्मीनारायण टोलमा विवाह भइरहेको सूचनाको आधारमा किशोरीको घरमा पुगी सोधपुछ गर्दा नेपाल सरकारले निर्धारण गरेको उम्मेरभन्दा कम उमेरकी किशोरीको विवाह भएको पाइएपछि बालविवाहसम्बन्धी कसुर मुद्दामा अनुसन्धानका लागि बेहुला र उनका बाबुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले जानकारी दिनुभयो ।

उहाँले नियन्त्रणमा लिइएका बेहुला र उनका बाबुलाई शुक्रबार नै पर्सा जिल्ला अदालतमा उपस्थित गराई बाल विवाहसम्बन्धी कसुरमा अनुसन्धानका लागि प्रहरीले सात दिनको म्याद बुझेको बताउनुभयो ।

मुद्दा अनुसन्धानकै क्रममा रहेकाले पक्राउ परेका बाबु, छोराको नाम सार्वजनिक नगरिएको सूचना अधिकारी कुँवरले जानकारी दिनुभयो । पक्राउ परेका दुवैलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखी आवश्यक अनुसन्धान भइरहेको छ ।

मुलुकी अपराध संहितामा विवाह गर्ने व्यक्तिको उमेर २० वर्ष नपुगी कसैले विवाह गर्न वा गराउन नहुने उल्लेख छ । त्यसरी गरिएको विवाह स्वतः रद्द हुने र त्यस्तो कसूर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र रु ३० हजारसम्म् जरिवाना हुने कानूनी व्यवस्था छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपाल फेरि फुटेको छ । संघीय लिम्बुवान पार्टी नेपाल एकीकरण भएर जसपा नेपालमा समाहित भएका नेताहरूले पार्टी विभाजनप्रति असन्तुष्टि जनाउँदै जसपा नेपाल छाडेका हुन् । बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी उनीहरुले जसपा नेपाल परित्याग गरी पहिचानवादी मोर्चा घोषणा गरेको जनाकारी दिए । उनीहरुले प्राडा महेन्द्र लावतीको संयोजकत्वमा […]

जनकपुरधाम।मिर्चैयाका अग्निपिडितलाई जनमत पार्टीकी प्रदेश सांसद भाग्यश्री चौधरीको पहलमा राहत वितरण गरेकी छिन् । सिरहाको मिर्चैया नगरपालिका-८ मझौवा टोलमा बैशाख २४ गते भएको आगलागीबाट ६ जनाको घर जलेर नष्ट भएको थिए।उनिहरुको घरमा भएको सम्पुर्ण सामग्रीसहित जनधनको छती भएको सांसद चौधरीले न्यूजमधेशलाई सुनाए। सांसद चौधरीको पहलमा Helping Heart Nepal परोपकारी संस्थाले अग्निपिडित ६ घर परिवारलाई खाद्यान्न […]

जनकपुरधाम । मधेश सरकारका तीन मन्त्री सर्लाहीको बरहथवामा आयोजक एक कार्यक्रम बीचमै छाडेर हतार हतार जनकपुरधाम आइपुगेका छन् । बरहथवा नगरपालिका ३ स्थित एक विद्यालयमा चाइना एडको सहयोगमा संयुक्त राष्ट्रसंघीय कार्यक्रम अन्तर्गत महामारी रोकथाम तथा पुनः स्थापनाका लागि दुर्गम क्षेत्रका विद्यालय र समुदायलाई सहयोग परियोजनाको कार्यक्रम थियो । उक्त कार्यक्रममा चिनियाँ राजदूत चेन सोङ्ग पनि […]