२१ फाल्गुण २०८२, शुक्रबार
06-03-2026 , Fri
×

जनकपुरधाम उद्योग वाणिज्य संघको उपाध्यक्षमा साहद्वारा उम्मेदबारी घोषणा

Logo
प्रकाशित शनिबार, फाल्गुण १५, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम, १५ फागुन । जनकपुरधाम उद्योग बाणिज्य संघको आसन्न निर्वाचनमा उपाध्यक्ष पदमा उम्मेदबारी दिने शिवम ट्रेडर्सका संचालक अम्भु प्रसाद साहले बताएका छन् ।

शनिबार नेपाल पत्रकार महासंघ धनुषाको सभा हलमा पत्रकार सम्मेलन गर्दै साहले उपाध्यक्षमा उम्मेदबारी दिने घोषणा गरेका हुन् ।

धनुषा जिल्लाका सम्पूर्ण उद्योगी, व्यापारी तथा व्यावसायीहरुको हकहितको संरक्षण तथा सम्वद्र्धन गर्दै राष्ट्रको आर्थिक तथा सामाजिक विकासका निम्ति आफूले उम्मेदबारी घोषणा गरेको उनले बताए ।

आफू उपाध्यक्ष बनेपछि उद्योग तथा बाणिज्य तथा श्रम सम्बन्धी विवादको मध्यस्ता गर्ने गराउने र सोको निम्ति सबै किसिमको आवश्यक कार्य गर्ने उनले प्रतिबद्धता जनाए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]