१५ पुष २०८२, बुधबार
31-12-2025 , Wed
×

जनकपुरधाम उद्योग वाणिज्य संघको उपाध्यक्षमा साहद्वारा उम्मेदबारी घोषणा

Logo
प्रकाशित शनिबार, फाल्गुण १५, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम, १५ फागुन । जनकपुरधाम उद्योग बाणिज्य संघको आसन्न निर्वाचनमा उपाध्यक्ष पदमा उम्मेदबारी दिने शिवम ट्रेडर्सका संचालक अम्भु प्रसाद साहले बताएका छन् ।

शनिबार नेपाल पत्रकार महासंघ धनुषाको सभा हलमा पत्रकार सम्मेलन गर्दै साहले उपाध्यक्षमा उम्मेदबारी दिने घोषणा गरेका हुन् ।

धनुषा जिल्लाका सम्पूर्ण उद्योगी, व्यापारी तथा व्यावसायीहरुको हकहितको संरक्षण तथा सम्वद्र्धन गर्दै राष्ट्रको आर्थिक तथा सामाजिक विकासका निम्ति आफूले उम्मेदबारी घोषणा गरेको उनले बताए ।

आफू उपाध्यक्ष बनेपछि उद्योग तथा बाणिज्य तथा श्रम सम्बन्धी विवादको मध्यस्ता गर्ने गराउने र सोको निम्ति सबै किसिमको आवश्यक कार्य गर्ने उनले प्रतिबद्धता जनाए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]