१८ फाल्गुण २०८२, मंगलबार
03-03-2026 , Tue
×

मौलापुर महादेव मन्दिरमा मधानी महायज्ञ हुँदै

Logo
प्रकाशित सोमबार, फाल्गुण १७, २०७७

न्यूजमधेश डेस्क
रौतहट,१७ फागुन । महाशिवरात्रिका अवसरमा मौलापुर नगरपालिकास्थित पतौरा पुरातात्विक महादेव मन्दिरमा मधानी महायज्ञ हुँदै छ ।

नगरपालिकाले मेला तथा सांस्कृतिक कार्यक्रम पनि आयोजना गर्न लागेको पत्रकार सम्मेलनमा जनाइएको छ ।

पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले नगरपालिकाले यही फागुन २७ गते शिवरात्रिमा मेला आयोजना गर्न लागेको उपप्रमुख गौरीशङ्कर जयसवालले बताउनुुभयो ।

सो अवसरमा नेपाली तथा भारतीय कलाकारको सांस्कृतिक प्रस्तुतिसमेत रहने छ ।

ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्व बढाउन आयोजना हुने मेलाका अवसरमा मन्दिरमा स्थानीय तथा विशेष विधिबाट शिवको पूजाअनुष्ठान गरिने छ ।

फागुन २६ गतेदेखि नै मेलाको शुभारम्भ गरिने भए पनि मूलपूजा शिवरात्रिको दिन हुनेछ । सोही दिन अपराह्न १ बजेदेखि भोजपुरी सुपरस्टार अभिनेत्री अक्षरा सिंह, अभिनेता प्रदीप पाण्डे ’चिन्टु’ लगायत लोकप्रिय नेपाली एवम् भारतीय कलाकारको सांस्कृतिक प्रस्तुति रहने बताइएको छ ।

लगातार ६ दिनसम्म रात्रि भारत वृन्दावनको मथुराका कलाकारद्वारा प्रसिद्ध शिवलीला प्रदर्शन हुने निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले पत्रकार सम्मेलनमा जानकारी दिनुुुभयो ।

साहका अनुसार फागुन २८ गते भने नेपाल तथा भारतका चर्चित कुस्ती खेलाडीको सहभागितामा कुस्ती प्रतियोगिता आयोजना हुनेछ । गत वर्ष पनि मधानी महायज्ञ आयोजना गरिएको थियो । कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथ मन्दिरका मूल भट्टद्वारा मन्त्रोच्चारण गराई मन्दिरमा विशेष पूजा गर्नुभएको थियो ।

मेला आयोजना हुन लागेको पुरातात्त्विक महादेव मन्दिर एक हजार २०० वर्ष पुरानो रहेको पुरातात्त्विक उत्खननबाट देखिएको थियो । सो मन्दिर पर्यटकका लागि एउटा महत्वपूर्ण गन्तव्य बनाउन नगरपालिकाले संरक्षण एवं प्रचार गर्दैआएको छ ।

नेकपा प्रदेश नं २ का अध्यक्ष तथा शहरी विकासमन्त्री प्रभुु साहका पहलमा गत वर्षदेखि मन्दिरमा महायज्ञ आयोजना हुँदै आएको हो । देशका थप नयाँ सय पर्यटकीय गन्तव्यमा सो पुरातात्विक मन्दिर पनि छनोट भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]