१८ फाल्गुण २०८२, मंगलबार
03-03-2026 , Tue
×

पूर्वपश्चिम राजमार्गको स्तरोन्नति तीव्र

Logo
प्रकाशित बिहिबार, फाल्गुण २०, २०७७

न्यूजमधेश डेस्क
लहान ,२० फागुन । पूर्व–पश्चिम राजमार्गको स्तरोन्नति कार्यले तीव्रता पाएको छ । राजमार्गमा बढ्दो सवारी चापलाई दृष्टिगत पूर्वपश्चिम राजमार्गलाई स्तरोन्नति गरी ६ र ४ लेनको सडक निर्माण गर्न लागिएको हो ।

सप्तरीको कञ्चनरुप नगरपालिकाबाट सिरहाको कमला नदीसम्मको सडकलाई चार र छ लेनमा स्तरोन्नति गर्ने काम अघि बढाइएको कञ्चनपुर–कमला सडक आयोजनाले जनाएको छ । सडक स्तरोन्नतिअन्तर्गत पहिलो चरणमा सिरहाको लहान नगरपालिका–११ बाट धनगढीमाई नगरपालिकासम्म सडकमा काम तीव्ररूपमा अघि बढ्दा सिरहावासी खुशी छन् ।

“साँघुरो सडकमा सवारी साधनको चाप बढ्दै जाँदा दैनिक सवारी दुर्घटना बढी हुने गरेको छ”, सिरहाको लहान नगरपालिका–११ का राजेन्द्र चौधरीले भन्नुभयो, “सडक विस्तारपछि सवारी दुर्घटनामा कमी आउँछ र सडक पनि फराकिलो हुन्छ ।” सडक विस्तारले पूर्व–पश्चिम राजमार्गमा हुने सवारी जामसमेत घट्ने उहाँको विश्वास छ । हाल दुई लेनको र पूर्व–पश्चिम राजमार्ग स्तरोन्नति कार्यअन्तर्गत बजार क्षेत्रमा छ लेन र बाहिर क्षेत्रमा चार लेनको सडक निर्माण गरिने कञ्चनपुर–कमला सडक आयोजना सिरहाका इञ्जिनीयर मनोजकुमार मण्डलले जानकारी दिनुभयो ।

पूर्व सप्तरीको कञ्चनपुरबाट सिरहाको कमलासम्म ८७ किलो मिटरको सडक स्तरोन्नति गर्न चिनियाँ रेल्बे नम्बर–२ इञ्जिनीयर ग्रुप कम्पनी लिमिटेडलाई ठेक्का दिएको हो । अगामी तीन वर्षभित्र एशिएन हाइवे स्तरको निर्माण सम्पन्न गरिने सो सडक निर्माणका लागि नेपाल सरकार र चिनियाँ रेल्बे नम्बर–२ इञ्जिनीयर ग्रुपबीच सन् २०२० जुन २५ मा सम्झौता भएको थियो ।

सम्झौता भएसँगै निर्माण तीव्ररूपमा अघि बढाइएको निर्माण कम्पनीले जनाएको छ । सडक स्तरोन्नतिअन्तर्गत ५४ नयाँ पुल र सिरहाको लहान तथा मिर्चैयामा गरी दुई स्थानमा आकाशे पुलसमेत निर्माण गरिने इञ्जिनीयर मण्डलले बताउनुभयो । यसका साथै विभिन्न आठ स्थानमा अण्डरपाससमेत बनाइने जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]