१९ आषाढ २०८२, शुक्रबार
04-07-2025 , Fri
×

महोत्तरीको जङ्गलमा पाँच दर्जन नीलगाई फेला

Logo
प्रकाशित बिहिबार, फाल्गुण २०, २०७७

न्यूजमधेश डेस्क
जलेश्वर ,२० फागुन । महोत्तरीको पश्चिम–दक्षिणस्थित भारतीय सीमानाकासँग जोडिएको मनराशिस्वा नगरपालिकामा एकै साथ पाँच दर्जन बढी निलगाई फेला परेका छन् ।

सो नगरपालिकाको वन क्षेत्रमा केही दिनदेखि एक्कासि लोपोन्मुख वन्यजन्तु निलगाई देखा पर्न थालेको स्थानीय बासिन्दाले बताएका छन् ।

विभिन्न उमेर समूहका पाँच दर्जनभन्दा बढीको सङ्ख्यामा रहेको निलगाई नगरपालिकाको वन क्षेत्र आसपासका खेतीबारीमा लगाइएको दलहन, तेलहन र तरकारीबालीमा हुलका हुल प्रवेश गरेर सबै बालीनाली खाइदिने गरेको मनराशिस्वा नगरपालिका– २ का वडाध्यक्ष विनोदकुमार सिंहले बताउनुभयो ।

दर्जनांैको सङ्ख्यामा रहेको नीलगाई र त्यसको बाछो वन क्षेत्रको खर र झारीमा लुकेर बस्ने गरेको तथा मानिसलाई आफूतिर आएको देखेर तीव्र गतिमा भाग्ने गरेका छन् । स्थानीयवासीले वन क्षेत्रमा निलगाई फेला परेको बारेमा जिल्ला प्रशासन कार्यालयलाई समेत जानकारी गराइसकेका छन् ।

गर्मीयामको आगमन भएसँगै अहिले जिल्लाको उत्तरवर्ती माथिल्लो वन क्षेत्र ९जङ्गल०मा विभिन्न स्थानमा डढेलो लागेका कारण वन्यजन्तुको जीवन सङ्कटमा पर्न थालेपछि उनीहरु तलतिर झर्न थालेको बताइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]