१२ माघ २०८२, सोमबार
26-01-2026 , Mon
×

हरिपुर नगरपालिकाद्वारा २० वर्ष पारि बिहाबारीु कार्यक्रम सुरु

Logo
प्रकाशित मंगलबार, फाल्गुण २५, २०७७

रामबाबु खड्का
सर्लाही ,२५ फागुन । सर्लाहीको हरिपुर नगरपालिकाले २० वर्ष पारि बिहाबारी भन्ने कार्यक्रम सुरु गरेको छ । नगरपालिकाले २० वर्ष पूरा गरेका अविवाहित युवतीहरूलाई विश्व नारी दिवसका दिन सोमबारदेखि पाँच हजार रुपैयाँ नगद प्रोत्साहन स्वरूप दिन सुरु गरेको हो ।

पहिलो दिन २१ युवतीबाट सुरु गरिएकोमा यो कार्यक्रम नगरभित्रका दुई सय ८० युवतीलाई नगदसहित सम्मान गरिने नगरपालिकाका मेयर जमिरुदिन मन्सुरले जानकारी दिनुभयो । सानै उमेरमा हुने बालविवाह अन्त्य गर्न र नगरभित्रको शैक्षिक अवस्थामा सुधार ल्याउन कार्यक्रम सुरु गरिएको मेयर मन्सुरको भनाइ छ ।

सानै उमेरमा विवाह हुँदा पढाइ छुट्नेदेखि स्वास्थ्यमा समेत गम्भीर असर पर्ने भएकाले नगरपालिकाले अर्थिक वर्ष २०७७र०८८ को नीति तथा कार्यक्रमबाटै २० वर्ष पारि बिहाबारी भन्ने कार्यक्रम सुरु गरेकाले यो कार्यक्रमलाई आउँदो योजनामा समेत लागू गर्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयप्रसाद देवकोटाले जानकारी दिनुभयो ।

तराईका जिल्लामा २० वर्ष नपुगी विवाह गर्ने र बीचमा पढाइ छोड्ने युवतीका लागि यो कार्यक्रम निकै प्रभावकारी हुने र बालविवाहमा समेत कमी आउने कार्यक्रममा सहभागी पूजा साहको भनाइ छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]