१२ पुष २०८२, आइतबार
28-12-2025 , Sun
×

शिवरात्रिमा अखण्ड पूजा गरिने

Logo
प्रकाशित बुधबार, फाल्गुण २६, २०७७

न्यूजमधेश डेस्क
टीकापुर, २६ फागुन।कैलालीको टीकापुरस्थित शिवमन्दिर व्यवस्थापन समितिले यस वर्ष शिवरात्रिमा अखण्ड अष्टयाम महापूजा गर्ने भएको छ । मन्दिर व्यवस्थापन समितिले फागुन २७ गते शिवरात्रिका दिन बिहान ५ बजेदेखि २८ गते बिहान ५ बजेसम्म अखण्ड अष्टयाम महापूजा गर्ने तयारी थालेको छ ।

यसअन्तर्गत विभिन्न आठवटा चरणमा धार्मिक अनुष्ठान सम्पन्न गर्ने तयारी भएको छ । एक हजार आठ लड्डुको महाभोग, १००८ बेलपत्रको बिल्वार्चनसहित विशेष पूजाअर्चना साथै सन्ध्याकालीन आरती र भजन कीर्तनसहित रात्रि जागरण हुने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नारायणप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो । “शिवरात्रिका लागि मन्दिर परिसरमा सरसफाइ, पानीको व्यवस्था, स्वयंसेवक परिचालन र विभिन्न उपसमिति गठन भई परिचालन भइसकेका छन्”, अध्यक्ष तिमिल्सिनाले भन्नुभयो, “मन्दिरलाई धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने योजनासहित काम थालेका छौँ ।”

उहाँले शिव मन्दिर टीकापुर शहर स्थापना सँगसँगै स्थापना भएको हुनाले नगरवासीका लागि ऐतिहासिक महत्व रहेको बताउनुभयो । “अघिल्लो वर्षभन्दा केही फरक गरौँ भन्ने साथीहरुको मनसायले मेहनत गरेका छौँ । सबैको सहयोग आवश्यक छ”, अध्यक्ष तिमिल्सिनाले भन्नुभयो, “शिवरात्रि विशेष खालका अनुष्ठानहरु गर्ने पर्व हो, यस पर्र्वमा तान्त्रिक अनुष्ठान गर्नाले बिग्नबाधा हट्न जान्छ ।”

“धार्मिक क्षेत्रमा यस भेगकै प्रतिनिधित्व गर्ने संस्था भएका हुनाले यस मन्दिरकै कारण हाम्रो समाज एकढिक्का हुने अवस्था छ, यसको गरिमा बढाउन सबैले खुला हृदयबाट सहयोग गर्न जरुरी छ”, शिक्षक तथा सनातन संस्कृति प्रतिष्ठानका महासचिव चक्रपाणि भट्टराईले भन्नुभयो, “धार्मिक र ऐतिहासिक महत्व बोकेको यस मन्दिर विकास र संरक्षणमा समेत स्थानीय सरकारले चासो दिएको छ । हामी त्यसका सहयात्री भएर सनातन धर्म संरक्षणमा लागेका छौँ ।”

शिवरात्रिका दिन मन्दिर परिसरमा गाँजा, भाङजस्ता लागूपदार्थ प्रयोग गरिएको खानेकुराको बेचबिखन पूर्णरूपमा बन्देज गरिने आयोजकले जनाएको छ । मन्दिरमा सभ्य तरिकाले दर्शन र पूजा गर्ने वातावरण बनाउन मन्दिर व्यवस्थापन समितिले पहल गरिरहेको छ । कैलालीको टीकापुर नगरपालिकाले नगरभित्र रहेका धार्मिक क्षेत्रको संरक्षणमा लगानी बढाएको छ । “शिव मन्दिर संरक्षण र विकासका लागि गुरुयोजना निर्माण गर्न थालेका छौँ । रु सात लाख रकम विनियोजन गरेर मन्दिरको गुरुयोजना बन्दैछ”, नगरप्रमुख तपेन्द्रबहादुर रावलले भन्नुभयो, “संस्कृति, मठमन्दिरले समाजलाई जोड्नुका साथै सही मार्ग देखाउने भएकाले प्राकृतिक, सांस्कृतिक र धार्मिक महत्व बोकेका क्षेत्रको संरक्षण नगरपालिकाले गर्छ । हामी मन्दिरलाई धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने अभियानमा जुटेका छौँ ।”

यसका साथै कैलालीकै टीकापुर–७ सत्तीस्थित नेपालकै सबैभन्दा ठूलो शिवलिङ्ग रहेको सयौँ वर्ष पुरानो पदमप्रकाशेश्वर मन्दिरको विकासमा समेत नगरपालिकाले काम थालेको उहाँको भनाइ छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]