२० बैशाख २०८१, बिहिबार
02-05-2024 , Thu
×

गल्फ सेवा समाज संस्थाद्वारा अपांगलाई ह्विल चेयर र आर्थिक सहयोग

Logo
प्रकाशित शुक्रबार, फाल्गुण २८, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम ,२८ फागुन । महोत्तरीको भंगहा नगरपालिका ५ राजपुर घर भएका अपांगलाई गल्फ सेवा समाज दोहा कतारले ह्विल चेयर सहयोग गरेको छ ।

विहिबार संस्थाका नेपाल सदस्य शमशेर कबारीको अध्यक्षतामा अपांग मोक्तार मनसुरलाई ह्विल चेयर पदान गरियो ।यस्तै उनलाई नगर ५ हजार रुपैया समेत आर्थिक सहयोग गरेको छ ।

समाजका सदस्य महबुब आलमको आर्थिक सहयोगमा ह्विल चेयर खरिद गरि मनसुरलाई प्रदान गरिएको सो संस्थाका नेपाल सदस्य कबारीले जानकारी दिए ।

गल्फ सेवा समाजका पदाधिकारी अजिम राईन,रुस्तम कबारी र राजपुरका स्थानीय बुद्विजीबीहरुको उपस्थितिमा अपांग मनसुरलाई ह्विल चेयर र नगद सहयोग गरेको छ ।

कमजोर आर्थिक अवस्था भएका कारण मनसुर ह्विला चेयर समेत किन्न सकेका थिएन।तर लामो दुःख भगेका मनसुर विहिबार ह्विला चेयर पाएपछि खुशी भए ।उनले सहयोगी संस्थालाई धन्यवाद समेत ज्ञापन गरे ।

यस्तै सो संस्थाले जनकपुरधाम उपमहानगरपालिका १३ का सुन्दर साहलाई पनि उपचारका लागि २५ हजार नगर रुपैया सहयोग गरेका छन् ।उनको किड्नी बिग्रेको हो ।

आर्थिक अवस्था कमजोरका कारण किड्नीको उपचार गराउन नसकेकोले सहयोग गरेका सो संस्थाले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । पर्साको वीरगञ्जस्थित नबिल बैंकबाट रकम चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । अनुसन्धान भइरहेकाले उनीहरूको विवरण प्रहरीले गोप्य राखेको बताइएको छ । चोरी प्रकरणमा अन्य व्यक्ति पनि पक्राउ पर्न बाँकी नै रहेकाले प्रहरीले अनुसन्धान अघि बढाइरहेको छ । सोमबार […]

वीरगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले चालु आर्थिक वर्षको आठ महिनामा सवारीसाधनको जरिवाना बापत रु एक करोड ५० लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ । कार्यालयले फागुन मसान्तसम्म ट्राफिक नियम उल्लङ्घन गरेका १५ हजार पाँच सय ९१ सवारीसाधनबाट सो राजस्व सङ्कलन गरेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख भाष्कर खतिवडाले सो अवधिमा […]

विराटनगर । सुनसरीको इनरुवाबाट प्रहरीले १ करोड ८२ लाख ५१ हजारवटा नक्कली नोट बरामद गरेको छ । नेपाली १ हजार दरका नक्कली नोटहरू बरामद गरेको सुनसरी प्रहरी प्रमुख एसपी विपिन रेग्मीले जानकारी दिए । उनका अनुसार भारतीय स्कारपियो गाडीमा राखेर ल्याउँदै गरेको अवस्थामा इनरुवा नगरपालिका–४ स्थित सुनसरी खोलाको पुलनजिकबाट आइतबार नोटहरू बरामद गरिएको हो । […]