१४ चैत्र २०८२, आइतबार
29-03-2026 , Sun
×

प्रधानमन्त्री ओलीलाई त्यागको भावना हराएपछि के हुन्छ !

Logo
प्रकाशित शनिबार, फाल्गुण २९, २०७७

न्यूजमधेश डेस्क
काठमाडौं,२९ फागुन । संविधान, कानून, विधि, विधान, पार्टी,संगठन सबै भाँडमा गए पनि कुनै हालतमा कुनै पनि पद नछाड्ने प्रवृति हावी हुँदै जाँदा नेपाली राजनीति एकपछि अर्को जटिलतामा फस्दै गएको छ। विडम्बना देशको प्रधानमन्त्री, कम्युनिष्ट पार्टीको नेता आफूले पद छाड्न परे सबै भताभुङ्ग पारेर छोड्ने सार्वजनिक चेतावनी दिँदै हिंड्नुहुन्छ । प्रधानमन्त्री छाड्न परे संसद भंग गर्ने,अध्यक्ष छाड्न परे पार्टी धुजाधुजा पार्ने घोषणा गर्नुहुन्छ ।

वाम राजनीतिका जानकारहरुका अनुसार ओलीका पछिल्ला कदम कम्युनिष्ट आन्दोलन सिध्याउने खेलबाट प्रेरित छन् ।उनीहरुका भनाइ मान्ने हो भने कम्युनिष्ट आन्दोलन सिध्याउने खेलको सुरुआत सुसंगठित एमाले विघटनबाट थालनी गरिएको थियो । सर्वोच्च अदालतको एउटा निर्णयले एमाले बौरियो । एकतापूर्व एमालेको जे स्थिति थियो,त्यहीँ पुर्याइदियो । त्यसैले त राजनीतिक रुपले फरक कित्तामा पुगेको माधव नेपाल पक्ष इमान्दारीपूर्वक एमालेमै फर्कियो ।

आफैले विघटन गरेको पार्टी बनाउने ओलीका लागि यो एउटा ठूलो अवसर भएपनि सदुपयोग गर्न नसकेको एकथरिको विश्लेषण छ । बरु पार्टीको विधान च्यातेर ओली फेरि अर्को बिघटनको दिशातर्फ उध्यत देखिनुले उहाँ पार्टीलाई बलियो बनाउन चाहनुहुन्न भन्ने प्रष्ट्याएको छ । यसो किन भनिएको भने एमालेको विधानमा कुनै परिस्थितिमा केन्द्रीय सदस्य खालि हुँदा वैकल्पिक सदस्यलाई उकाल्नुपर्ने व्यवस्था छ । कुनै पार्टीबाट प्रवेश गरेकालाई सोझै केन्द्रीय सदस्य बनाउन पनि विधानले मान्दैन । अहिले कायम विधान त्यहि हो । तर हिजो ओलीले एकलौटी रुपमा २३ जनालाई मनोनित गर्नुभयो ।

बृहत कम्युनिष्ट एकताको पवित्र उद्धेश्यले दुई ठूला कम्युनिस्ट पार्टी मिलाउँदा पनि ओलीमा जागेको प्रधानमन्त्रीको भोककै कारण भताभुङ्ग पारिएको कतिपयको आरोप छ । किनभने आफैले गरेको आलोपालो सहमतिको लिखत च्यातेर ओली एक्लै हिंड्न थालेपछि नै गडबडी शुरु भएको बताइन्छ । आलोपालो सहमतिबाट पछि हटेर प्रचण्डले पाँचै वर्षका लागि सत्ताको साँचो सुम्पिँदा पनि ओलीलाई एकाधिकारको भोकले नछोड्दा परिस्थिति यहाँ आइपुगेको विश्लेषकहरु बताउँछन् ।

‘यी सबै काम कम्युनिष्ट पार्टी ध्वस्त पार्ने योजनाका साथ् गरिएको देखिन्छ । ओली कम्युनिष्ट पार्टी सिध्याउने खेलमा लागेका छन् भन्ने कुरा अब छर्लंग भैसक्यो’,वाम राजनीतिका ती जानकार भन्छन्, ‘यो कुनै माधव नेपाल र वामदेव गौतमको मात्र कुरा होइन । हरेक कम्युनिष्ट कार्यकर्ताले अब बुझ्नुपर्छ। यसैगरी जाने हो भने नेपालमा कम्युनिष्ट पार्टीको अवशान अबश्यम्भावी छ ।’

अदालतमा सेटिङ मिलाउँदा पनि प्रतिनिधिसभा विघटनको प्रयास असफल भएपछि प्रधानमन्त्री ओली पार्टी विघटनको योजनामा लागेको बताइन्छ । महाधिवेशनबाट निर्वाचित पदाधिकारीलाई विधान विपरित एकलौटी ढंगले हटाउने निर्णयले ओली कुन हदसम्म जान खोज्दै हुनुहुन्छ भन्ने कुरालाई संकेत गरेको छ ।

‘पहिला पनि उहाँले पार्टी एकताका नाममा आफू प्रधानमन्त्री बन्न एमाले विघटन गर्नुभयो । बीचमा नेकपा हुँदा पनि उहाँमा इमान्दारिता देखिएको थिएन । अहिले फेरि एमालेमा आइपुग्दा पहिलेकै ठाउँमा पुग्नुभएको देखिन्छ। यो अन्ततस् कम्युनिष्ट पार्टी विघटन गर्ने र आन्दोलनलाई बद्नाम गराउने षड्यन्त्र हो’, उनले भने।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]