२२ फाल्गुण २०८२, शनिबार
07-03-2026 , Sat
×

युवा नेता यादबले गरे ५०औं पटक रक्तदान

Logo
प्रकाशित सोमबार, चैत्र ०२, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम ,२  चैत्र । भनिन्छ रक्तदान नै जीवन दान हो। अर्थात् रगतको दान गर्नु जीवन दान गर्नु सरह सरह मानिन्छ । यो नारा दिइएपनि अहिले पनि कतिपय व्यक्ति रक्तदान गर्न हिच्किचाउँछन्।

तर, जनकपुरधामक एक यस्ता युवा छन् जो कमै उमेरमा ५०औं पटकसम्म रक्तादन गर्ने व्यक्तिमा गनिन्छन्। ती हुन्, हनुमान नामले परिचित सीताराम यादव ।

यसअघि ४९ पटक रक्तदान गरिसकेका यादवले आईतवार ५० औं पटक रक्तदान गरेका छन्।

जनता समाजवादी पार्टी धनुषाका युवा नेता रहेका उनले रगत दान गर्दा आफ्नो शरीरलाई पनि फाइदा पुग्ने भएकाले लगातार रक्तदान गर्दै आएको बताए ।

सीताराम यादवले आइतवार प्रादेशिक अस्पताल जनकपुरको प्राङ्गणमा रहेको रेडक्रसकोे रक्तसंचार केन्द्रमा ५०औं पटक रक्तदान गरेका हुन् । सामाजिक विकृति विसंगतिको अन्त्यका लागि अगाडी बढ्दै समाजमा सकारात्मक भुमिका खेल्ने अभियन्ता तथा युवालाई आफूले रक्तदान गर्दै आएको उनले बताए ।

उमेरको हिसाबले ३२ बर्ष पुगेका उनले १७ बर्षकै उमेरदेखि रक्तदान गर्न थालेको बताए । ‘१७ बर्षको उमेरमा २०६२ सालमा पहिलो पटक रक्तदान गरेकोे थिएँ,’ उनले भने, ‘त्यसपछि पटक–पटक गर्दै आएको छु।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]