२५ चैत्र २०८२, बिहिबार
09-04-2026 , Thu
×

बीबीसी मास्टर सेफ साहलाई जनकपुरधाम भव्य स्वागत

Logo
प्रकाशित सोमबार, चैत्र ०२, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम ,२ चैत्र । ‘बीबीसी मास्टर सेफ प्रोफेसनल सिरिज–२०२०’का उपविजेता सन्तोष साहलाई जनकपुर विमानस्थलमा भव्य स्वागत गरिएको छ ।

आइतबार काठमाडौंबाट पुख्र्यौली घर सिरहाको कर्जन्हा जानेक्रममा जनकपुर आइपुगेका साहलाई जनकपुरधाम उपमहानगरपालिका ३ का वडाध्यक्ष दिपेन्द्र साहको अगुवाइमा युवाहरूले ५१ किलोको माला लगाएर स्वागत गरेका हुन् ।

साथै युवाहरूले विमानस्थलमा केक काटेर खुःशी साटासाट गरेका छन् । बेलायतमा बस्दै आएका साह फागुन १३ गते काठमाडौं आइपुगेका थिए । १७ दिन काठाडमौं बसेर उनी पुख्र्यौली घर जान लागेका हुन्।

साहलाई लिन ९५ वर्षीया आमा सोमरीदेवी, दाइ, भाउजू र भतिजी जनकपुर विमानस्थल पुगेका थिए । साहले आमाको नजिक पुगेलगत्तै अंगालो मारे। त्यसपछि आमा र भाउजूले आरति गर्दै टीका लगाइदिए ।

स्वगतपछि उनी कुकलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन जरुरी रहेको बताए । उनले भने, ‘म यो पेसाप्रतिको सोच परिवर्तन होस् भन्ने चाहन्छु। र यसकै लागि म नेपाल आएको छु।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]