१२ पुष २०८२, आइतबार
28-12-2025 , Sun
×

ट्र्याक्टरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

Logo
प्रकाशित बुधबार, चैत्र ०४, २०७७

न्यूजमधेश डेस्क
जलेश्वर ,४ चैत्र । महोत्तरीको मटिहानी–जनकपुर सडकखण्डअन्तर्गत मटिहानी नगरपालिका– २ स्थित आवर गाउँमा आज साँझ ट्र्याक्टरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धनुषा जिल्लाको मुखियापट्टी मुसरनियाँ गाउँपालिका– ३ बैरियाका बजरङ्गी साहका २० वर्षीय छोरा नितेशकुमार साह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता एंव प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिनुभयो ।

दुर्घटनामा परी गम्भीर घाइते हुनुभएका महोत्तरीको मटिहानी नगरपालिका– ८ का राजेन्द्र साहका २६ वर्षीय छोरा सरोजकुमार साहको मटिहानी हेल्थ केयरमा उपचार भइरहेको छ ।

धिरापुर गाउँबाट मटिहानी बजारतिर जाँदै गरेको ज१त ७४८४ नम्बरको ट्र्याक्टरले विपरीत दिशाबाट आउँदै गरेको नम्बर नखुलेको मोटरसाइकललाई ठक्कर दिँदा सो दुर्घटना भएको थियो ।

आज राति करीब ७ः३० बजे भएको दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक नितेशलाई उपचारका लागि जिल्ला अस्पताल जलेश्वर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले ट्र्याक्टर र त्यसका चालकलाई नियन्त्रणमा लिएको छ । मृतक नितेशको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा राखिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]