०२ पुष २०८२, बिहिबार
18-12-2025 , Thu
×

वडाध्यक्ष महासेठको दादागिरी ! जनप्रतिनिधिले नै लगाए वडा कार्यालयमा ताला

Logo
प्रकाशित बिहिबार, चैत्र ०५, २०७७

कमलेश ठाकुर
जनकपुरधाम ,५ चैत्र । जनकपुरधाम उपमहानगरपालिका २१ कुर्थास्थित वडा कार्यालयमा जनप्रतिनिधिहरुले नै तालाबन्दी गरेका छन् । वडाध्यक्ष रामेश्वर महासेठको काम कारवाहीप्रति असन्तुष्टी जनाउँदै बुधवार तीन सदस्यले वडा कार्यालयमा तालाबन्दी गरेका हुन् ।

वडा सदस्यहरु महेन्द्र महतो, बैद्यनाथ पण्डित र ककुन्ती देवी महराले स्थानीय नागरिककको सहयोगमा कार्यालयमा तालाबन्दी गरे । वडा सदस्य महतोले हरहिसाब सार्वजनिक नगरेको, योजना छनौटमा मनोमानी गरेको र सडक निर्माणमा काखापाखा गरेको आरोप लगाए । पटक पटक हरहिसाब सार्वजनिक गर्न र सडक निर्माण नक्सा अनुसार गर्न भनेपनि वडाध्यक्षले वेवास्ता गरेको उनको भनाई छ ।

वडाध्यक्ष महासेठले नातेदारलाई उपभोक्ता समिति बनाएर योजना सञ्चालन गरिरहेको पनि उनको आरोप छ ।

वडा सदस्यले १२ बुदे माग राख्दै कार्यालयमा तालाबन्दी गरेका छन् । यसअघि सदस्यहरुले उपमहानगरपालिकाको कार्यालय र जिल्ला प्रशासन कार्यालय धनुषामासमेत निवदेन दार्ता गराएका थिए । तर, नगर प्रमूख लालकिसोर साह र धनुषाका सिडिओले चासो नलिएपछि बाध्य भएर वडा कार्यालयमा तालाबन्दी गरेको उनीहरु बताउँछन् ।

वडा स्तरीय अनुगमन समिति चयन गर्नुपर्ने, वडामा कुनै काम हुँदा अनिवार्य वडा सदस्यको उपस्थिति हुनुपर्ने, योजना तर्जुमा स्थानीय र वडा सदस्यको सल्लाहमा हुनपर्ने, आय–व्यय सार्वजनिक गर्नुपर्ने र विकास निर्माणको काममा होर्डिङ बोर्ड लगाउनुपर्ने लगायत १२ बुंदे माग वडा सदस्यहरुको छ ।

‘सडक निर्माणमा काखापाखा’

वडा सदस्य बैद्यनाथ पण्डितका अनुसार वडाध्यक्षकले सडक निर्माणमा आफ्नो भाई नरेश महासेठको घर बचाउन सार्वजनिक जग्गा मिचेका छन् । ‘नापी हुँदा सात फिट नरेशको घर भत्किन्छ भनियो । तर, वडाध्यक्ष महासेठले सार्वजनिक कुट्टीको जग्गा मिचेर आफ्ना भाइको घर बचाएँ’, उनले भने, ‘नक्सा विपरीत वडाध्यक्षले बल प्रयोग गरेर सडक बनाउने प्रयास गरेका छन् । भोटको हिसाबले व्यक्तिगत रिसइबीका कारण कसैको घर, सार्वजनिक इनार र कुट्टी भत्काउने कार्य गरेका छन् ।’

कुर्थास्थित बनौझिया टोलमा क्षेत्रीय सडक निर्माण भइरहेको छ । १३ फिटबाट सडक ३३ फिट निर्माण हुँदै छ । स्थानीयका अनुसार मिडिल प्वाइन्ट कायम गरेर दश÷दश फिट दुबै पट्टिबाट लिनु पर्ने थियो । तर, वडाध्यक्षले आफ्नो भाईको घर बचाउने कुट्टीको जमिण मिचेको छ । वडाध्यक्षको भाई नरेश महासेठको घर सात फिट भत्किनु पर्ने स्थानीयको माग छ । यसयघि वडाध्यक्षले आफ्नो नातेदारको घर बचाउन विद्यालय भत्काएका थिए ।

यता, वडाध्यक्ष महासेठले आफूमाथि वडा सदस्यहरुले लगाएको सम्पूर्ण आरोप गलत रहेको दावी गरे । खाता सञ्चालनको जिम्मा आफ्नो मातहत नरहेको भन्दै पालिकामा गएर हरहिसाब माग्न सुझाए । सडक निर्माण कानुन अनुसार नै भएको उनको दावी छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]