१९ चैत्र २०८२, शुक्रबार
03-04-2026 , Fri
×

रौतहटको कटहरियामा कराडौंको लगानीमा निर्माण भईरहेको नाला गुणस्तरहीन

Logo
प्रकाशित बिहिबार, चैत्र ०५, २०७७

संजय मिश्र
रौतहट,५ चैत्र । आश्रय निर्माण कम्पनीले रौतहटको कटहरियामा गराईरहेको नाला निर्माणको काम गुणस्तरहिन भएको गुनासो बढन थालेको छ ।

ठेकदार नागेन्द्र साहले टेण्डर प्रकृया घटाघटबाट ठेक्का पारेको नाला निर्माणको काम आफैले नगरेर पेटी ठेकदार मार्फत गराईरहेकाले गुणस्तरहीन भईरहेको स्थानीयले बताएका छन् । नेपाल सरकार तथा नगरपालिकाको करोडौंको लगानीमा निर्माण भईरहेको नालाको काम गुणस्तरहीन भएको पाईएको छ ।

तेस्रो साना सहरी तथा खानेपानी परियोजना र कटहरिया नगरपालिकाको लगानीमा वडा ४ र ५ मा नाला निर्माण गर्न ५८ करोड ५८ लाखको टेण्डर आव्हान गरेको थियो । घटाघट प्रकृया मार्फत उक्त ठेक्का करीब ३५ करोडमा आश्रय निर्माण कम्पनीले ठेक्का लिएको थियो ।

जिल्लामै सबै निर्माण कम्पनी भन्दा बढी कामको टेण्डर पार्ने आश्रय निर्माण सेवाका संचालक नागेन्द्र साहले करोडौंको नालाको योजनाको काम आफैले नगरेर पेटी ठेकदार मार्फत सुरु गरेकाले पनि मापदण्ड अनुसारको काम हुन नसकेको स्थानीयले गुनासो गरेका छन् ।

कटहरिया नगरपालिका वडा ५ माध्यामिक विधालय भन्दा दक्षिणतर्फ ठेकदार नागेन्द्र साहले एकजना पेटिठेकदार मार्फत निर्माण गराईरहेको नाला निर्माणको क्रममा सुखा ईँटा जोडेको र ईँटाको बिचमा थारै ग्याप नराखेको भेटिएपछि गाँउलेले केहीबेर काम रोक्का गरेको स्थानीय प्रमोद अर्यालले बताएका छन् ।

पेटीठेकदारलाई सोध्दा आफुुलाई प्राविधिक जानकारी नरहेको बताएका थिए । केहीबेर पछी आश्रयका साईड ईन्जिनियर आएर ग्याप छोडेर ईँटा जोडन लगाई ईँटा माथी पानी हाल्न सुरु गराएका थिए । करोडौंको नाला निर्माण हुँदा पनी नियमनकारी निकाय,खानेपानी उपभोक्ता समिति कटहरिया तथा स्थानिय जनप्रतिनिधी पनी बेखबर भएकाले सुरुआतलै गुणस्तरहिन काम भईरहेको टालबासीले गुनासो गरेका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]