१२ चैत्र २०८२, शुक्रबार
27-03-2026 , Fri
×

रक्षक नै भक्षक भएपछि…!

Logo
प्रकाशित आइतबार, चैत्र ०८, २०७७

न्यूजमधेश डेस्क
बुटवल,८ चैत्र।रक्षक नै भक्षक भएपछिु भन्‍ने उखान रुपन्देहीमा यथार्थ भएको छ । तिलोत्तमामा एक प्रहरी जवानमाथि बलात्कारपछि हत्याको प्रयास गरेको आरोप लागेको हो ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक प्रतित सिंह राठौरका अनुसार प्रहरी जवानले तिलोत्तमा–११ की अन्दाजी १९ वर्षीया युवतीलाई बलात्कार गरी हत्या प्रयास गरेको अभियोगमा मुद्दा दर्ता भएको छ । नवलपरासी जर्गास्थित जनपथ प्रहरीका प्रहरी जवान सुरेश कठारिया ९थारु०लाई घटनामा संलग्न भएको आरोप लागेको हो ।

पीडित युवतीको अभिभावकको किटानी जाहेरीका आधारमा प्रहरीले कठारियालाई पक्राउ गरिसकेको छ । कानुन बमोजिम जबरजस्ती करणी र ज्यान मार्ने उद्योगमा जाहेरी परेको र जाहेरीकै आधारमा पक्राउ गरी अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय बुटवलका नायव प्रहरी उपरीक्षक राठौरले जानकारी दिए ।

अन्दाजी २२ वर्षे प्रहरी जवान कठारियाले शनिबार विहान करिब ५ बजेको समयमा युवतीलाई बलात्कार गरी घाँटी थिचेर हत्या गर्ने प्रयास गरेको आरोप छ । प्रहरी नायव उपरीक्षक राठौरले भने,‘युवतीको घाँटीमा झोलाको फिताले कसेर लतार्दै जँगलमा फ्याकिएको रहेछ, बेहोस भइसकेपछि युवकले मर्यो भन्ने ठानेर त्यसै छोडेर फरार भयो, पछि युवती आफै उठेर अचेत अवस्थामा हिँडिरहेको देखेपछि स्थानीयले उद्दार गरे ।’

घटना बारे जानकारी पाए लगत्तै स्थानीयले प्रहरीलाई खबर गरेपछि आरोपित पक्राउ परेका छन् । पीडित युवतीलाई रुपन्देहीकै एक अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ ।- ईकागज

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]