०४ माघ २०८२, आइतबार
18-01-2026 , Sun
×

महोत्तरीको झा दम्पती अपहरणमा संलग्न चार जना सार्वजनिक

Logo
प्रकाशित आइतबार, चैत्र ०८, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम ,८ चैत्र । महोत्तरीको पिपरा गाउपालिका पाँचका मुसाफिर झा र उनका श्रीमती गितादेवीको अपहरणमा संलग्न चार जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीले आइतबार पत्रकार सम्मेलन गर्दै अपहरणमा संलग्न पिपरा गाउपालिका पाँचका ५२ वर्षका रामबाबु यादव, उनका छोराद्वय २६ वर्षका सुरेन्द्र यादव र २४ वर्षका राजेन्द्र यादव तथा भारत विहारको मधुवनी घर भइ महोत्तरीकै बनौलीमा बस्दै आएका हरेन्द्र ठाकुरलाई सार्वजनिक गरेको हो ।

घटनामा उनीहरु चारै जनाको संलग्नता देखिएको जिल्ला प्रहरी प्रमुख, प्रहरी उपरीक्षक ९एसपी० दिनेश आचार्यले जानकारी गराए । एसपी आचार्यका अनुसार उनीहरुले भने अपराध स्वीकार गरिसकेका छैनन् । ‘उनीहरुले अपराध नस्वीकारे पनि अनुसन्धानबाट संलग्नता पुष्टि भइसकेको छ । ‘झा दम्पतीलाई जग्गा बेच्न दबाब दिएको र नबेचेपछि अपहरण गरेको अनुसन्धानबाट खुलेको छ,’ उनले भने ।

झा दम्पतीको गत फागुन १० गते राति अपहरण भएको थियो । घटनामा संलग्न पक्राउ परेको दावी प्रहरीले गरे पनि झा दम्पतीको अवस्था अझै अज्ञात छ । एसपी आचार्यले पक्राउ परेकाहरु झा दम्पतीलाई कहाँ राखेको छ भन्ने कुरा खुलाउन नचाहेको बताए । घटनामा नेपाल प्रहरीको अनुसन्धान फितलो भएको भन्दै स्थानीयले निरन्तर आन्दोलन गर्दा चार दिन अगाडी नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआइबी०को टोली महोत्तरी पुगेको थियो । अहिले सिआइबीको टोलीले पनि अनुसन्धान गरिरहेको छ ।

झा दम्पतीलाई अपहरणकारीले ओछ्यानसहित उठाएर लगेका छन् । घटनास्थलमा रगतको छिटा समेत देखिएको थियो । जसले गर्दा झा दम्पतीको हत्या भइसकेको प्रहरीको अनुमान छ । तर पुष्टि भने अझै हुन सकेको छैन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]