१९ फाल्गुण २०८२, बुधबार
04-03-2026 , Wed
×

महोत्तरीको झा दम्पती अपहरणमा संलग्न चार जना सार्वजनिक

Logo
प्रकाशित आइतबार, चैत्र ०८, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम ,८ चैत्र । महोत्तरीको पिपरा गाउपालिका पाँचका मुसाफिर झा र उनका श्रीमती गितादेवीको अपहरणमा संलग्न चार जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीले आइतबार पत्रकार सम्मेलन गर्दै अपहरणमा संलग्न पिपरा गाउपालिका पाँचका ५२ वर्षका रामबाबु यादव, उनका छोराद्वय २६ वर्षका सुरेन्द्र यादव र २४ वर्षका राजेन्द्र यादव तथा भारत विहारको मधुवनी घर भइ महोत्तरीकै बनौलीमा बस्दै आएका हरेन्द्र ठाकुरलाई सार्वजनिक गरेको हो ।

घटनामा उनीहरु चारै जनाको संलग्नता देखिएको जिल्ला प्रहरी प्रमुख, प्रहरी उपरीक्षक ९एसपी० दिनेश आचार्यले जानकारी गराए । एसपी आचार्यका अनुसार उनीहरुले भने अपराध स्वीकार गरिसकेका छैनन् । ‘उनीहरुले अपराध नस्वीकारे पनि अनुसन्धानबाट संलग्नता पुष्टि भइसकेको छ । ‘झा दम्पतीलाई जग्गा बेच्न दबाब दिएको र नबेचेपछि अपहरण गरेको अनुसन्धानबाट खुलेको छ,’ उनले भने ।

झा दम्पतीको गत फागुन १० गते राति अपहरण भएको थियो । घटनामा संलग्न पक्राउ परेको दावी प्रहरीले गरे पनि झा दम्पतीको अवस्था अझै अज्ञात छ । एसपी आचार्यले पक्राउ परेकाहरु झा दम्पतीलाई कहाँ राखेको छ भन्ने कुरा खुलाउन नचाहेको बताए । घटनामा नेपाल प्रहरीको अनुसन्धान फितलो भएको भन्दै स्थानीयले निरन्तर आन्दोलन गर्दा चार दिन अगाडी नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआइबी०को टोली महोत्तरी पुगेको थियो । अहिले सिआइबीको टोलीले पनि अनुसन्धान गरिरहेको छ ।

झा दम्पतीलाई अपहरणकारीले ओछ्यानसहित उठाएर लगेका छन् । घटनास्थलमा रगतको छिटा समेत देखिएको थियो । जसले गर्दा झा दम्पतीको हत्या भइसकेको प्रहरीको अनुमान छ । तर पुष्टि भने अझै हुन सकेको छैन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]