०९ कार्तिक २०८२, आइतबार
26-10-2025 , Sun
×

लागुऔषधका कारण समाजमा नैतिक आचरण ह्रास हुदै : प्रदेश सांसद यादव

Logo
प्रकाशित सोमबार, चैत्र ०९, २०७७

विनय कर्ण
सप्तरी ,९ चैत्र । प्रदेशसभा सदस्य विदेश्वर प्रसाद यादव (विक्की) ले लागुऔषधका कारण समाजमा नैतिक आचरण ह्रास हुदै गएको बताएका छन् ।उनले लागुऔषध सेवन गर्ने युवाहरुको संख्या लगातार बढिरहेको कारण समाजमा नैतिक आचारण घट्दै गएको बताए ।

सप्तरीको डाक्नेश्वरी नगरपालिकाको सभाहल पातोमा पक्षपातरहित वैकासिक सशक्तिकरण संघ नेपालले आईतवार आयोजना गरेको लागुऔषध दुव्यर्सन सम्बन्धी सरोकारबालाहरुसंगको अन्तरक्रियामा प्रमुख अतिथि प्रदेशसभा सदस्य यादवले स्कूले बालबालिकाहरु पनि लागुऔषध सेवनमा लागेको प्रति चिन्ता व्यक्त गरे ।

‘पहिला गुरुकूलमा शिक्षा आर्जन गर्ने व्यवस्था हुँदा विद्यार्थीहरुमा नैतिक आचरण थियो, अहिले आधुनिक शिक्षा प्रणालीको विकास भएको छ तर, नैतिकतामा ह्रास आएको छ’ उनले भने ‘विद्यालयका शिक्षक, अभिभावक र विद्यार्थी पनि लागुऔषध सेवन गर्न थाले भने आउने दिनमा कस्तो समाजको निर्माण हुन्छ ?’उनले लागुऔषधबाट समाजलाई मुक्त बनाउन सबैले आफ्नो स्थानबाट सहयोग गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रमका विशिष्ठ अतिथि डाक्नेश्वरी नगरपालिकाका मेयर शिवनारायण साहले भारत संगको खुल्ला सिमानाका कारण लागुऔषध नियन्त्रणमा समस्या भईरहेको भएपनि प्रयास भईरहेको बताए । उनले आउने नगरसभाबाट लागुऔषध नियन्त्रणका लागि कार्ययोजना ल्याउने प्रतिवद्धता व्यक्त गरे ।,

यस्तै अर्का विशिष्ठ अतिथि सप्तरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलले लागुऔषध नियन्त्रणका लागि सुरक्षा निकायले प्रयास जारी राखेको भएपनि यसमा नागरिकबाट सहयोगको आवश्यकता रहेको बताए । उनले लागुऔषधको ओसार पसार र न्यूनिकरणका लागी वडास्तर सम्म नागरिक समाजले टिम बनाएर निगरानी गर्नुपर्ने सुझाव दिए ।

सप्तरीका प्रहरी प्रमुख राजेन्द्र प्रसाद धमलाले लागुऔषध सेवनमा सप्तरीको अवस्था भयावह रहेको बताए । उनले लागुऔषत्र नियन्त्रणका लागि प्रहरी निरन्तर काम गरिरहेको र सहयोग गर्न समाजका सबै वर्गलाई आग्रह गरे । ‘लागुऔषधका कारण नै अहिले जिल्लामा चोरी बढेको छ र अन्य अपराध पनि बढेको छ’ उनले भने ‘हामी कडाईका साथ नियन्त्रणमा लागेका छौं ।’

ओम प्रकाश साहको अध्यक्षतामा आयोजित कार्यक्रममा भीमदल गणका प्रमुख निरज भण्डारी, राष्ट्रिय अनुसन्धानका प्रमुख नरेश शाह, सशस्त्र प्रहरी प्रमुख राजु श्रेष्ठ तथा सहभागीहरुले लागुऔषध नियन्त्रणका वारे सु्झाव दिए ।

कार्यक्रममा डाक्नेश्वरी नगरपालिकाका १० वटा माध्यमिक विद्यालयका प्रधानाध्यापक, अभिभावक, १० वटै वडाका वडा अध्यक्षहरु, राजनितिक दलका प्रतिनिधिहरु र स्वास्थ्यकर्मी लगायत सय जना भन्दा बढीले सहभागीता जनाए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]