१७ फाल्गुण २०८२, सोमबार
02-03-2026 , Mon
×

प्रदेश २ मा गुञ्जिन छाड्यो होलीका गीत

Logo
प्रकाशित मंगलबार, चैत्र १०, २०७७

न्यूजमधेश डेस्क
सर्लाही ,१० चैत्र । रङ र अबिरको पर्व होली नजिकिएसँगै प्रदेश २ का जिल्लाहरुमा रौनक शुरुआत भएको छ । होली पर्व आउन हप्ता पन्ध्र दिन बाँकी रहँदै गाउँघरमा राति गुञ्जिने परम्परागत होली गीत अचेल लोप हुँदै गइरहेको छ ।

वसन्त ऋतुको आगमनसँगै श्रीपञ्चमीदेखि फागु पूर्णिमासम्म गाइने फागुवा ९होली० गीत लोप हुन थालेको जनाउँदै स्थानीय बूढापाकाहरुले चिन्ता व्यक्त गरेका छन् । पहिले गाउँघरमा होली आएको भन्ने जानकारी फागु गीत गाएर गराइन्थ्यो । यस्ता गीत बन्द भएको लालबन्दी नगरपालिका–७ का उमाशङ्कर साहले जानकारी दिनुभयो ।

जोगिरा सर..र..र… कौन तालपर ढोलक बाजे कौन ताल मृदंङ कौन तालपर गोरिया नाचे कौन तालपर हम’ भन्ने गीत अब कमै सुन्न पाइन्छ, कविलासी नगरपालिका सलेमपुरका समाजसेवी दिनेश राय बताउनुहुन्छ ।“पहिलेपहिले त गाउँका बीचमा रहेको कुनै सार्वजनिक ठाउँमा गाउँका मानिस बसेर अबेर रातिसम्म जोगिरा गाउँथे तर अब जोगिरा नसुनेको पनि धैरै भयो”, उहाँले भन्नुभयो ।

समयको परिवर्तन र गाउँका युवा रोजगारीका लागि छिमेकी देश भारतलगायत खाडी मुलुकहरुमा गएकाले पनि गाउँघरबाट फागु गाउने परम्परा लोप हुन थालेको सलेमपुरकै ठगा साहले बताउनुहुन्छ । होलीको पौराणिकता अब कहाँ रह्यो र दिनहुँजसो हुने झैझगडाले गर्दा न त अब होलीको रौनक छ, न त माधुर्य नै, नागरिक समाजका अगुवा शिवचन्द्र चौधरी बताउनुहुन्छ । आपसी प्रेम, भाइचारा र सद्भावको ठाउँमा राग र द्वेष देखापरेकाले होलीसँगै जोगिरा गीत पनि प्रभावित भएको उहाँको भनाइ छ । पश्चिमा संस्कृतिको प्रवेशसँगै नेपालीका परम्परागत कलासंस्कृति दिन प्रतिदिन लोप हुन थालेका स्थानीयवासी केदार मैनालीले बताउनुहुन्छ ।

होलीपर्व आउन करीब दुई साता समय रहेको भए पनि परापूर्वकालदेखि गाउँदै आएको होली गीत जोगिरा लोप हुँदै गएकामा बूढापाकाले चिन्ता व्यक्त गरेका छन् । नेपालीको विश्वमा आफ्नै पहिचान भएका कारण नेपालीको संस्कृति परम्परा, मूल्यमान्यताको संरक्षणमा युवावर्ग अगाडि आउनुपर्नेमा छोटेलाल साहले बताउनुभयो ।

अहिले स्थानीय सञ्चारमाध्यममा र बजारमा बज्ने होलीका अश्लील भोजपुरी गीतले पनि परम्परागत होली गीतमाथि आक्रमण गरेका छन् । आधुनिकताले गर्दा पवुरानो परम्परा लोप हुँदै गएको छ । सांस्कृतिक दृष्टिकोणले अति महत्वपूर्ण रहेको होली पर्वले सबै जातजातिलाई प्रभाव पारेको छ । यसको रौनकता नै समाप्त भएर जान लागेको अग्रज शम्भु घिमिरेले बताउनुभयो ।

पहिलेको होली गीतमा धार्मिक तथा सद्भावको सन्देश बढी पाइन्थ्यो तर अहिले अश्लील भोजपुरी गीत बढी गाउन थालिएको छ भने दिन प्रतिदिन होलीको परम्परागत विश्वास पनि लोप हुने अवस्थामा पुगेको जनाउँदै अग्रजहरुले चिन्ता व्यक्त गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]