१७ कार्तिक २०८२, सोमबार
03-11-2025 , Mon
×

पर्साबाट २१ हजार नगदसहित जुवा खालबाट २ जना पक्राउ

Logo
प्रकाशित मंगलबार, चैत्र १०, २०७७

न्यूजमधेश डेस्क
जकपुरधाम ,१० चैत्र । प्रहरीले नगदसहित जुवा खालबाट दुई जनालाई पक्राउ गरेको छ ।

पर्सा बहुदरमाई नगरपालिका वडा नं.९ बिश्रामपुर बस्ने बेचु साहको मसुरोबारीमा जुवा खेलाइरहेको भन्ने विशेष सूचनाको आधारमा खटिएको प्रहरीले २ जनालाई पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरी टोलीले घेरा हाल्ने क्रममा ६-७ जना जुवाडेहरु भागी फरार भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुको साथबाट २१ हजार २६० रुपैयाँसहित तीन बुक तास बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा पर्सा बहुदरमाई ९ का ४० वर्षीय उमेश राउत कुर्मी र सोही स्थानका ३० वर्षीय लालबाबु प्रसाद रहेको प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]