१८ फाल्गुण २०८२, मंगलबार
03-03-2026 , Tue
×

सांसद अरगरियाको कोषबाट सामुदायिक भवन बन्ने

Logo
प्रकाशित शुक्रबार, चैत्र १३, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम , १३ चैत्र  । धनुषाको जनकनन्दनी गाउँपालिकामा सामुदायिक भवन निर्माण हुने भएको छ ।

धनुषा क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधि सभासदस्य उमाशंकर अरगरियाको सांसदीय कोषबाट यो भवन निर्माण हुने भएको हो ।

शुक्रबार प्रतिनिधि सभा सदस्य अरगरियाले एक कार्यक्रमका बिच जनकनन्दनी गाउँपालिका वडा नं. २ बलहागोठमा सामुदायिक भवनको शिलान्यास गरेका छन् । त्यस अवसरमा बोल्दै सांसद अरगरियाले यस क्षेत्रको विकासका लागि आफू सँधै तत्पर रहने बताए ।

बलहागोठमा सामुदायिक भवन नहुँदा स्थानीय वासीलाई कुनै भेला, कार्यक्रम गर्न समस्या हुन गरेको मध्यनजर गर्दै सो भवन निर्माण गरिने उनले बताए । सांसद अरगरियाको सांसदीय कोषबाट १० लाख रुपैयाँको लागतमा यो भवन निर्माण हुनेछ ।

सामुदायिक भवन बन्ने भएपछि स्थानीयहरु हर्षित भएका छन् । स्थानीय रमण मंडलले सामुदायिक भवन बनेपछि आफूहरुलाई सजिलो हुने बताए ।

शिलान्यास कार्यक्रममा स्थानीय नेताहरु जिवछ पघैया, अशोक मंडल, इन्द्र कुमार सहितकाले मन्तव्य व्यक्त गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]