०६ चैत्र २०८२, शनिबार
21-03-2026 , Sat
×

शुभकामना साटासाट गरि कमला नगरपालिकामा होलि मनाइयो

Logo
प्रकाशित शनिबार, चैत्र १४, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम ,१४ चैत्र । धनुषाको कमला नगरपालिकामा होलीको शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रम नगरप्रमुख राम उदगार गोइतको अध्यक्षतामा भएका होलीको शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रमको प्रमुख अतिथि धनुषा क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उमाशंकर अरगरिया रहेको थियो ।

प्रमुख अतिथि समेत रहेका सांसद अरगरियाले होलीको शुभकामना व्यक्त गरेका छन् ।

उक्त कार्यक्रम कमला नगरपालिकाका कार्यकारणी प्रमुख प्रशासकीय बिरेन्द्र सडान, वडाअध्यक्ष ,कर्माचारीहरु उपस्थिती रहेको थियो ।

सो कार्यक्रम समापन गर्दै नगर प्रमुख राम उदगार गोइतले सामाजिक सद्भाव तथा प्रेमको प्रतीकको रुपमा मनाइने रंग र अविरहरुको महान पर्व होलीको शुभ अवसरमा सम्पूर्ण कमला नगरबासी तथा देश विदेशमा रहेका नेपालिमा सुस्वास्थ्य सुख ,शान्ति र समृद्धिको कामना सहित होलिको शुभकामना व्यक्त गरेका छन् ।उनले भने कोरोना भाइरसको मध्यनजर राखेर घरमै बसेर सुरक्षित साथ् होलि पर्व मनाउ आग्रह गरेका हुन् ।

कार्यक्रममा उपस्थित सबैजनाले एक आपसमा शुभकामना साटासाट गर्दै अबिर एक अर्कालाई लगाएर होलि मनाएको हो ।

त्यसैगरी सांसद अरगरियालाई नगरप्रमुख गोइतले दोसला ओढाएर सम्मान समेत गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]