२८ कार्तिक २०८२, शुक्रबार
14-11-2025 , Fri
×

झा दम्पती हत्यामा संलग्न आशंकामा थप तीनजना पक्राउ

Logo
प्रकाशित शनिबार, चैत्र १४, २०७७

कमलेश ठाकुर
जनकपुरधाम ,१४ चैत्र । महोत्तरीको पिपरा गाउँपालिका–५ का ६५ वर्षीय मुसाफिर झा र उनकी ६० वर्षीया श्रीमती गीतादेवीको अपहरण गरी हत्या गरेको आशंकामा थप तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रदेश नम्बर(२ प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिंहका अनुसार पक्राउ पर्नेहरूमा स्थानीय विकास झा, कैलाश झा र शम्भु झा रहेका छन् । कैलास र विकास दाजुभाइ हुन् । उनी तीनैजना झा दम्पतीको नातेदार रहेको बुझिएको छ ।

अनुसन्धनका क्रममा संलग्नता देखिएकाले उनीहरू तीनैजनालाई शुक्रबार नियन्त्रणमा लिएको र उनीहरुको घरबाट झा दम्पतीको जलेको कपडा बरामद भएको डीआईजी सिंहले जानकारी दिए ।

गएको फागुन १० गते राति अपहरणमा परेका झा दम्पतीको दुई दिनअघि मात्र कंकाल फेला परेको थियो । कंकालको शुक्रबार पोस्टमार्टमपश्चात् दाहसंस्कार गरिएको छ ।

घटनामा संलग्न रहेको भन्दै प्रहरीले यसअघि छिमेकी रामबाबु यादव, उनका छोराद्वय सुरेन्द्र यादव, राजेन्द्र यादव र भारत, बिहारको मधुबनी घर भई बनौलीमा बस्दै आाएका हरेन्द्र ठाकुरलाई पक्राउ गरी सार्वजनिक गरिसकेको छ । घटनाको नेपाल प्रहरी र सीआईबी टोलीले अनुसन्धान गरिरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]