२१ फाल्गुण २०८२, शुक्रबार
06-03-2026 , Fri
×

झा दम्पती हत्यामा संलग्न आशंकामा थप तीनजना पक्राउ

Logo
प्रकाशित शनिबार, चैत्र १४, २०७७

कमलेश ठाकुर
जनकपुरधाम ,१४ चैत्र । महोत्तरीको पिपरा गाउँपालिका–५ का ६५ वर्षीय मुसाफिर झा र उनकी ६० वर्षीया श्रीमती गीतादेवीको अपहरण गरी हत्या गरेको आशंकामा थप तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रदेश नम्बर(२ प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिंहका अनुसार पक्राउ पर्नेहरूमा स्थानीय विकास झा, कैलाश झा र शम्भु झा रहेका छन् । कैलास र विकास दाजुभाइ हुन् । उनी तीनैजना झा दम्पतीको नातेदार रहेको बुझिएको छ ।

अनुसन्धनका क्रममा संलग्नता देखिएकाले उनीहरू तीनैजनालाई शुक्रबार नियन्त्रणमा लिएको र उनीहरुको घरबाट झा दम्पतीको जलेको कपडा बरामद भएको डीआईजी सिंहले जानकारी दिए ।

गएको फागुन १० गते राति अपहरणमा परेका झा दम्पतीको दुई दिनअघि मात्र कंकाल फेला परेको थियो । कंकालको शुक्रबार पोस्टमार्टमपश्चात् दाहसंस्कार गरिएको छ ।

घटनामा संलग्न रहेको भन्दै प्रहरीले यसअघि छिमेकी रामबाबु यादव, उनका छोराद्वय सुरेन्द्र यादव, राजेन्द्र यादव र भारत, बिहारको मधुबनी घर भई बनौलीमा बस्दै आाएका हरेन्द्र ठाकुरलाई पक्राउ गरी सार्वजनिक गरिसकेको छ । घटनाको नेपाल प्रहरी र सीआईबी टोलीले अनुसन्धान गरिरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]