०३ चैत्र २०८२, बुधबार
18-03-2026 , Wed
×

नेपाली सेनालाई खोप हस्तान्तरण

Logo
प्रकाशित मंगलबार, चैत्र १७, २०७७

न्यूजमधेश डेस्क
काठमाडौं ,१७ चैत्र ।नेपाली सेनालाई भारतीय सेनाले सहयोग स्वरुप प्रदान गरिएको एक लाख डोज कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराएको छ । सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित कार्यक्रममा प्रधानसेनापति पूर्णचन्द्र थापालाई नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले उक्त खोप हस्तान्तरण गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

भारतीय स्थल सेनाध्यक्ष जनरल एमएम नरवणेले प्रधान सेनापति थापालाई भर्चुअल माध्यमबाट खोप ग्रहण गर्न अनुरोध गरेपछि उक्त खोप हस्तान्तरण गरिएको हो । हस्तान्तरण समारोहमा जनरल नरवणेले मित्र राष्ट्रलाई महामारीको समयमा सक्दो सहयोग गर्ने भारतीय सरकारको नीतिअनुसार घनिष्ट सम्बन्ध रहेको नेपाली सेनालाई खोप सहयोग गर्न पाउँदा अत्यन्तै खुशी लागेको बताउनुभएको थियो ।

प्रत्युत्तरमा प्रधानसेनापति थापाले सहयोगको लागि भारतीय सेनाका सकल दर्जालाई धन्यवाद ज्ञापन गर्दै नेपाली सेनाका सकल दर्जा एवं प्राथमिकताका आधारमा हिताधिकारी लाभान्वित हुने विचार व्यक्त गर्नुभएको थियो । महामारी विरुद्धको लडाइँमा नेपाली सेना अझ बढी प्रभावकारी रूपमा जनताको सेवामा लाग्न सक्षम हुने बताउँदै थापाले यस कार्यबाट दुई देशका सेनाबीचको सम्बन्ध अझ बढी प्रगाढ भएको भावना व्यक्त गर्नुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]