०१ पुष २०८२, बुधबार
17-12-2025 , Wed
×

नेपाली सेनालाई खोप हस्तान्तरण

Logo
प्रकाशित मंगलबार, चैत्र १७, २०७७

न्यूजमधेश डेस्क
काठमाडौं ,१७ चैत्र ।नेपाली सेनालाई भारतीय सेनाले सहयोग स्वरुप प्रदान गरिएको एक लाख डोज कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराएको छ । सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित कार्यक्रममा प्रधानसेनापति पूर्णचन्द्र थापालाई नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले उक्त खोप हस्तान्तरण गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

भारतीय स्थल सेनाध्यक्ष जनरल एमएम नरवणेले प्रधान सेनापति थापालाई भर्चुअल माध्यमबाट खोप ग्रहण गर्न अनुरोध गरेपछि उक्त खोप हस्तान्तरण गरिएको हो । हस्तान्तरण समारोहमा जनरल नरवणेले मित्र राष्ट्रलाई महामारीको समयमा सक्दो सहयोग गर्ने भारतीय सरकारको नीतिअनुसार घनिष्ट सम्बन्ध रहेको नेपाली सेनालाई खोप सहयोग गर्न पाउँदा अत्यन्तै खुशी लागेको बताउनुभएको थियो ।

प्रत्युत्तरमा प्रधानसेनापति थापाले सहयोगको लागि भारतीय सेनाका सकल दर्जालाई धन्यवाद ज्ञापन गर्दै नेपाली सेनाका सकल दर्जा एवं प्राथमिकताका आधारमा हिताधिकारी लाभान्वित हुने विचार व्यक्त गर्नुभएको थियो । महामारी विरुद्धको लडाइँमा नेपाली सेना अझ बढी प्रभावकारी रूपमा जनताको सेवामा लाग्न सक्षम हुने बताउँदै थापाले यस कार्यबाट दुई देशका सेनाबीचको सम्बन्ध अझ बढी प्रगाढ भएको भावना व्यक्त गर्नुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]