०१ चैत्र २०८२, सोमबार
16-03-2026 , Mon
×

महोत्तरीमा घाँस काट्न निस्केका ८ जना बालिका र किशोरी बेपत्ता

Logo
प्रकाशित बुधबार, चैत्र १८, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम ,१८ चैत्र । महोत्तरीको भंगहा नगरपालिका–८ स्थित धर्मपुर टोलका ८ जना बालिका र किशोरी बेपत्ता भएका छन् । मंगलबार दिउँसो करिब २ बजे घाँस काट्न निस्केका उनीहरू राति १० बजेसम्म समेत नफर्किएको परिवारले जनाएका छन् ।

बेपत्ता हुनेमा १८ वर्षीया अस्मिता पासवान, नगिना पासवान, १५ वर्षीया रिया पासवान, अर्चना पासवान, १३ वर्षीया ज्योति पासवान, १० वर्षीया रञ्जना पासवान, सीमा पासवान र रचना पासवान रहेका छन् । उनीहरू सबै एउटै टोलका हुन् ।

‘उनीहरू सधैं ग्रुपमै घाँस काट्न जान्थे, साँझसम्म फर्किहाल्थे तर अबेरसम्म नफर्केपछि खोजतलासमा जुट्यौं । प्रहरीलाई पनि जानकारी गराएका छौं,’ ज्योतिका बुबा विष्णु पासवानले भने, ‘घरबाट करिब एक किलोमिटरको दूरीमा रहेको पूर्वपट्टिको चौरमा उनीहरूलाई घाँस काट्दै गरेको स्थानीयले देखेका रहेछन् ।’ उनीहरू बेपत्ता भएको खबरले गाउँमा त्रास फैलिएको छ । टोलवासीसहित आफूहरू खोजीमा जुटेको महोत्तरीका एसपी दिनेश आचार्यले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]