२१ फाल्गुण २०८२, शुक्रबार
06-03-2026 , Fri
×

श्रीमतीको हत्या गर्ने विक पक्राउ

Logo
प्रकाशित बुधबार, चैत्र १८, २०७७

न्यूजमधेश डेस्क
काठमाडौं ,१८ चैत्र । आफ्नै ४७ वर्षीया श्रीमती देवी जिसी बिकको कुटपिट गरी हत्या गरेको अभियोगमा पोखरा महानगरपालिका २६ बरालडाँडा उपरजरे बस्ने ४९ वर्षीय देब बहादुर बिकलाई प्रहरीले पक्राउ गरी कर्तव्य ज्यान महलमा मुद्दा दर्ता प्रकृया अघि बढाएको छ ।

देव बहादुरले शनिबार कुटपिट गर्दा गम्भीर घाइते भएकी उनकी श्रीमतीको पश्चिम क्षेत्रीय अस्पताल पोखरामा उपचारको क्रममा आइतबार मृत्यु भएको थियो । ईलाका प्रहरी कार्यालय शिसुवा मुकाम डाँडाकोनाकबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न उनलाई पक्राउ गरेको हो ।

उनी उपर कर्तव्य ज्यान सम्बन्धी कसूर अन्तर्गत जिल्ला अदालत कास्कीमार्फत ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]