२४ फाल्गुण २०८२, सोमबार
09-03-2026 , Mon
×

भारतबाट उद्धार गरिएका ७ बालिका – किशोरीलाई परिवारको जिम्मा लगाइँदै

Logo
प्रकाशित बिहिबार, चैत्र १९, २०७७

न्यूजमधेश डेस्क
महोत्तरी ,१९ चैत्र । मंगलवार बेपत्ता भएका महोत्तरीको भंगहा नगरपालिकाका ७ जना किशोरीलाई भारतबाट उद्धार गरि नेपाल ल्याइएको छ । केही बेरपछि ती किशोरीलाई परिवारको जिम्मा लगाइने प्रहरीले जनाएको छ ।

भारतको सितामढीबाट उद्धार गरि बुधवार नेपाल पुर्याएका किशोरीलाई अहिले जिल्ला प्रहरी कार्यालय महोत्तरीमा राखिएको प्रहरीले जनाएको छ । उनीहरुलाई कस्ले भारतको सीतामढीसम्म पुर्‍यायो त्यो विषयमा थप अनुसन्धान भइरहेको तर अहिलेसम्म केही खुल्न नसकेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई दलालले नै विभिन्न प्रलोभनमा पारेर भारत पर्‍याएको हुनसक्ने प्रहरीको आशंका छ ।

मंगलवार दिउसो घाँस काट्न गएका ११ वर्षीया अर्चना पासवान, १२ वर्षीया सिमा पासवान, १२ वर्षीया रञ्जना पासवान, १३ वर्षीया ज्योती पासवान, १३ वर्षीया रिया पासवान, १७ वर्षीया नगीना पासवान र २० वर्षीया अस्मिता पासवान सम्पर्कविहीन भएका थिए । उद्धारपछि ती किशोरीहरुले आफूहरु गायिका बन्न भारत आएको बयान दिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]