१९ कार्तिक २०८२, बुधबार
05-11-2025 , Wed
×

जनकपुरधाममा ६४ औं राष्ट्रिय सहकारी दिवस मनाइयो

Logo
प्रकाशित बिहिबार, चैत्र १९, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम ,१९ चैत्र । मर्यादित व्यवसाय र प्रविधिमा सहकारी भन्ने मुलनाराका साथ ६४ औं राष्ट्रिय सहकारी दिवस भव्यतापुर्वक मनाएको छ ।

विहिबार जिल्ला सहकारी संघ लि धनुषाका अध्यक्ष हरिश चन्द्र प्रसाद हरियोधका अध्यक्षतामा भएका कार्यक्रमको प्रमुख अतिथि भुमि व्यवस्था कृषि तथा सहकारी राज्य मंत्री योगेन्द्र राय यादव रहेको थियो ।

प्रमुख अतिथिकै आसनबाट राज्यमंत्री यादवले भने ,जुन देशमा सहकारी छ ।त्यहाँ गरिबीको अन्त छ ।जहा सहकारी छैन त्यहाँ भुकमरी ,गरिबी रहेको उनले बताए ।

त्यसैगरी विशिष्ठ अतिथिमा प्रदेश २ का प्रदेश सांसद राम अशिष यादव , सांसद प्रमेश्वर साह ,अथितिमा जिल्ला समन्वय समितिका धनुषा अध्यक्ष राम देव बनरैत ,जसपाका केन्द्रीय संजय चौधरी ,समाजसेवी अमर चन्द्र अनिल ,समाजसेवी पवन सिन्घनिया,हंसपुर नगरपालिकाका मेयर राम ज्ञान मण्डल ,सबैला नगरपालिकाका मेयर विजय शंकर साहसहितका व्यक्तिहरु रहेको थिए ।

६४ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजित एक साप्ताहिक कार्यक्रमका संयोजक प्रदेश २ का भुमि व्यवस्था ,कृषि तथा सहकारी मन्त्रालयका सल्लाहकार र राष्ट्रिय सहकारी बैंकका संचालक ध्रुव नारायण यादव रहेको छ ।

उक्त कार्यक्रममा वैष्णवी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका संचालक जय नाथ मण्डल ,ओम शान्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेडका संचालक भोगेन्द्र मण्डल ,रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडका संचालक मनमोहन ठाकुर ,बिनिता यादव ,रेखा मण्डलसहितका सहकारीकर्मीहरु सम्मानित भएका छन्।

जिल्ला भरीका सहकारीका संचालकलगाइत विभिन्न क्षेत्रमा योगदान पुरियाएका करिब २ दर्जनभन्दा बढी व्यक्तिहरुलाई सम्मान समेत गरेका थिए ।

सो कार्यक्रममा स्वागत मन्तव्य जिल्ला सहकारी संघ लि धनुषाका उपाध्यक्ष बिनोद प्रदास रोहिताले राखेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]