२० फाल्गुण २०८२, बिहिबार
05-03-2026 , Thu
×

प्रधानमन्त्रीले बालुवाटारबाट १६५ वटा सडकको शिलान्यास गर्ने

Logo
प्रकाशित शनिबार, चैत्र २१, २०७७

न्यूजमधेश डेस्क
काठमाडौं ,२१ चैत्र । एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रम लागु हुने भएको छ । स्थानीय पूर्वाधार विकास कार्यक्रम अन्तरगतको बजेट विनियोजन गरी देशभरीका १६५ वटा निर्वाचन क्षेत्रमा सडक निर्माण हुने भएको हो ।

आज प्रधानमन्त्री केपी शर्मा ओलीले देशभरीका १ सय ६५ वटा सडकको शिलान्यास गर्ने हुनुभएको छ । प्रधानमन्त्री ओलीले विहान ११ बजे बालुवाटारस्थित निवासबाटै स्वीच थिचेर सडक निर्माणको शुभारम्भ गर्ने सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले बताउनुभयो ।

हरेक निर्वाचन क्षेत्रमा एक–एक वटा सडकको दरले शिलान्यास गर्न लागिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यो वर्ष सरकारले प्रत्येक निर्वाचन क्षेत्रमा एउटा सडक बनाउने कार्यक्रमका लागि ३ अर्ब २० करोड बजेट छुट्याएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]