१३ चैत्र २०८२, शनिबार
28-03-2026 , Sat
×

जनमत पार्टीको महाधिवेशनको तयारीमा तिब्रता दिदै

Logo
प्रकाशित आइतबार, चैत्र २२, २०७७

न्यूजमधेश डेस्क  
जनकपुरधाम,२२चैत्र । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले प्रथम राष्ट्रिय महाधिवेशनको तयारी तीब्र पारेको छ । जनकपुर स्थित बारह्विघा मैदानमा सो पार्टीले चैत २८ मा महाधिवेशन गर्न लागेको हो ।

महाधिवेशनका लागि अहिले बारह्विघा मैदानमा विशाल पण्डाल निर्माण गरिदैछ । महाधिवेशनमा ५ हजार प्रतिनिधि र २५ हजार स्वयंमसेवक सहभागी हुने केन्द्रिय अध्यक्ष डा.राउतले दावी गरेका छन् । विदेशका अतिथिहरु समेत सहभागी हुने उनको भनाई छ । महाधिवेशन निर्वाचन समितिले उम्मेदवारका लागि कडा आचारसंहिता बनाएको छ । समिति संयोजक संजय कुमार सिंहले जारी गरेको निर्वाचन आचारसंहिता अनुसार कुनै पनि उम्मेदवार वा तिनका समर्थकले मत माग्दा अन्य उम्मेदवारलाई कुनै पनि प्रकारको विरोध पाउँदैनन् । यस्तै गुटबन्दी र गालीगलौज गर्न÷गराउन पाइने छैन ।

यस्तै उम्मेदवारले आफ् ना प्रतिस्पर्धीलाई लक्षित गरी विवादित अथवा दोहोरो अर्थ लाग्ने शब्द, फोटो वा संकेत गर्न गराउन नपाइने जारी आचार–संहितामा उल्लेख छ । कुनै प्रकारको साम्प्रदायिकता, धार्मिकता, जातियता वा लैङ्िगक विभेद झल्किने दुस्प्रचार गर्न पाइने छैन । महाधिवेशन निर्वाचन आचार संहिता विपरित काम गर्ने गराउनेलाई निर्वाचन निर्देशिका अनुसार लिखित जवाफसहित स्पष्टीकरण लिने र कारबाही गर्न सकिने चेतावनी समेत उम्मेदवारलाई दिइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]