०६ फाल्गुण २०८२, बिहिबार
19-02-2026 , Thu
×

एशियन लाइफद्वारा आमा बुवा गुमाएकि प्रीयंकालाई बिमा रकम हस्तान्तरण

Logo
प्रकाशित मंगलबार, आषाढ १७, २०७६

झापा,असार १७ गते।आमा बुवा गुमाएकी प्रियंकालाई एशियन लाइफ इन्स्योरेन्स कम्पनीद्वारा बीमा रकम हस्तान्तरण गरेको छ ।

झापाको शिवसताक्षी नगरपालिका स्थानीय ठेगान घर भइ हाल इटहरी उपमहानगरपालिका वडा नंवर ४ मा आफन्तको संरक्षणमा बस्दै आएकी किशोरी प्रियंका नेपाललाई एशियन लाइफ इटहरी शाखा कार्यालयले बीमा रकम दिएको हो ।

एशियन लाइफ इन्स्योरेन्स कम्पनीमा केही वर्ष अघि १ लाख ५ हजार रुपैयाँको जीवन बीमा गरेकी प्रियंकाकी आमा ३५ वर्षीया टिकादेवी रायमाझीको मृगौला रोगबाट मृत्यु भएपछि उनको हकवालाको रुपमा रहेकी उनकी एकमात्र छोरी प्रियंकालाई कम्पनीले बीमा रकम हस्तान्तरण गरेका छन।

कम्पनीले प्रियंका नेपाललाई १ लाख ४१ हजार १५ रुपैयाँको चेक प्रदान गरेको हो । आइतवार एक कार्यक्रमकाबीच सुनसरी क्षेत्र नंवर २ का प्रदेश सभा सदस्य सर्वध्वज साँवाले सो चन प्रदान गरेको हुन् ।

सो चेक हस्तान्तरण गर्दै सांसद साँवाले थोरै थोरै रकम बचत गरेर बीमा गर्न सके आफ्नो जीवन रहँदा आँफैले र जीवन पश्चात आफन्तले पनि राहत पाउने भएकाले यो आर्थिक सुरक्षाको राम्रो माध्यम उनको भनाइ रहेको छ।

उक्त बीमा रकम हस्तान्तरण कार्यक्रममा हिसान सुनसरीका अध्यक्ष मुकुन्द घिमीरे, सेतो बंगला स्कूलकी प्रिन्सिपल कविता लम्साल कम्पनीका सिनियर अभिकर्ताहरु जेपी काप्ले, लिलाराम पोख्रेल, राधा आचार्य, दिपक दाहाल तथा पत्रकारहरुको समेत उपस्थिति रहेको थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]