१७ फाल्गुण २०८२, सोमबार
02-03-2026 , Mon
×

पत्रकार महासंघ सिरहा शाखाको अध्यक्षमा मनोज बनैता विजय

Logo
प्रकाशित बिहिबार, चैत्र २६, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम ,२६ चैत्र । नेपाल पत्रकार महासंघ सिरहा शाखाको अध्यक्षमा मनोज बनैता विजय भएका छन् ।

महासंघको बुधबार भएको सम्पन्न निर्वाचनमा बनैताले जित हात पारेका हुन् । उनले कुल ४५ मत पाए ।

अध्यक्ष पदमा बनैतासँगै हिरालाल चौधरीले ३८ मत पाएर हार व्यहोरेका छन् ।

उपाध्यक्षमा गणेश प्रसाद साह विजयी भएका छन् ।

महिला उपाध्यक्षमा रिंकु कुमारी दास विजयी भएकी छन् । सचिवमा शिवदयाल यादव , कोषाध्यक्षमा विरेन्द्र प्रसाद नेपाल सहसचिवमा राजेन्द्र महतो विजयी भएका छन् ।

समावेशी सहसचिवतर्फ दुर्गा परियारसहित पुरै प्यानल विजयी भएका छन् । निर्वाचनमा कुल मत ८३ खसेको थियो ।

नवनिर्वाचित अध्यक्ष मनोज बनैता न्यूजमधेशका सम्पादक हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]