०८ चैत्र २०८२, सोमबार
23-03-2026 , Mon
×

जनमत पार्टीको प्रथम महाधिवेशन तयारी सम्पन्न, ५० हजार आम जनताको सहभागीता हुने

Logo
प्रकाशित शुक्रबार, चैत्र २७, २०७७

कमल कुमार मण्डल
जनकपुरधाम, २७ चैत्र । जनमत पार्टीको प्रथम ऐतिहासिक महाधिवेशन भोली शनिवार आयोजना हुने भएको छ ।

प्रदेश नं. २ का राजधानी जनकपुरधामको बाह्रविघा मैदानमा आयोजना हुन लागेको महाधिवेशनको सम्पुर्ण तयारी भइसकेको न्युज मधेशसँग कुरा गर्दै अधिवेशनका मुल समितिको संयोजक अनिता साहले जानकारी दिएका छन् ।

केन्द्रिय कार्यकारिणी समितिको निर्वाचनकालागाी पाँच हजार अधिवेशन प्रतिनिधि सहभागी हुने बताए ।

उनले भने करीब पचास हजार भन्दा बढी आमजनता सहभागी हुने सक्ने भएकोले कार्यक्रम व्यवस्थापनका लागि पच्चिस हजार स्वयमसेवक खटाइएका छन् ।

मधेशको २२ वटै जिल्लाबाट स्वयमसेवकहरु उपस्थित भई सकेको र अतिथि तथा मतदाताहरु आउने क्रम जारी रहेको जानकारी दिदै महाधिवेशनको मिडिया संयोजक ईन्जिनियर इन्द्रिजीत कुमार यादवले भने–१ सय ५० भन्दा बढी बस, दश हजार मोटरसाईकल तथा व्यक्तिगत सवारी विभिन्न जिल्ला बाट आउनका लागि त्यारी भईसकेको छ ।

कार्यक्रम विहान १० बजे देखी शुरु हुने उनले बताए । सो कार्यक्रम क्रमबद्ध तरिकाले आसन ग्रहन, साँस्कृतिक प्रस्तुति, प्रशिक्षण कार्यक्रम, खुल्ला सत्र गरी बन्द सत्रमा परिणत गरीने छ । सोही मैदानमा निर्वाचन समेत हुने भएको मिडिया संयोजक यादवले बताए ।

केन्द्रिय कार्यकारिणी समितिकालागि यस प्रकारको उम्मेदवारहरु रहेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]