१७ फाल्गुण २०८२, सोमबार
02-03-2026 , Mon
×

चैती दुर्गा : सबैलामा विशाल कलश यात्रा

Logo
प्रकाशित मंगलबार, चैत्र ३१, २०७७

जीतेन्द्र कुमार राम
जनकपुरधाम ,३१ चैत्र।धनुषाको सवैला नगरपालिकामा भव्य चैती दुर्गाको आयोजना गरिएको छ।मेलाको लागि आज मंगलबार कलश यात्रा सहित नगर परिक्रमा गरि सतोषर कुण्डमा जल भरी घट्स्थापना गरिएको हो।

जिल्लाको सवैला नगरपालिका ९ भठिहन स्थित बिगत चार बर्ष देखि भव्य चैती दुर्गा पुजालाई निरन्तरता दिदै यस बर्ष पनि आयोजना गरिएको हो।मेलाको शुरुवातमा आज मंगलबार राती जागरण कार्यक्रम समेत राखिएको स्थानिय युवा महेश रायले बताए।

गत बर्ष कोभिड-१९ का कारण मेलामा धर्मावलम्बी तथा लस्करको जमात फितलो देखिएको थियो भने यस बर्ष मेलालाइ सफल पार्न विभिन्न नाच,तमासाको आयोजना गरिएको समेत निज रायले जनाए।

यस बर्ष पनि कोरोनाको अवस्थामा सुधार नआएका कारण सुरक्षा ब्यबस्थालाइ चुस्त बनाइ चार दिने मेलामा मुख्य आकर्षणहरु दुई दिने भव्य पहलमानी,नाच तथा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम रहने नगरप्रमुख तथा आयोजक बिजय शंकर प्रसाद साहले बताए। हुने समितीले जनाएको।

मुख्य मेला भने ६,७,८ र ९ गते गरी चार दिने रहने समेत जनाइएको छ।कलश यात्रामा हजारौको संख्यामा कलशयौलीको जमात देखिएको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]