२८ आषाढ २०८२, आइतबार
13-07-2025 , Sun
×

चैती दुर्गा : सबैलामा विशाल कलश यात्रा

Logo
प्रकाशित मंगलबार, चैत्र ३१, २०७७

जीतेन्द्र कुमार राम
जनकपुरधाम ,३१ चैत्र।धनुषाको सवैला नगरपालिकामा भव्य चैती दुर्गाको आयोजना गरिएको छ।मेलाको लागि आज मंगलबार कलश यात्रा सहित नगर परिक्रमा गरि सतोषर कुण्डमा जल भरी घट्स्थापना गरिएको हो।

जिल्लाको सवैला नगरपालिका ९ भठिहन स्थित बिगत चार बर्ष देखि भव्य चैती दुर्गा पुजालाई निरन्तरता दिदै यस बर्ष पनि आयोजना गरिएको हो।मेलाको शुरुवातमा आज मंगलबार राती जागरण कार्यक्रम समेत राखिएको स्थानिय युवा महेश रायले बताए।

गत बर्ष कोभिड-१९ का कारण मेलामा धर्मावलम्बी तथा लस्करको जमात फितलो देखिएको थियो भने यस बर्ष मेलालाइ सफल पार्न विभिन्न नाच,तमासाको आयोजना गरिएको समेत निज रायले जनाए।

यस बर्ष पनि कोरोनाको अवस्थामा सुधार नआएका कारण सुरक्षा ब्यबस्थालाइ चुस्त बनाइ चार दिने मेलामा मुख्य आकर्षणहरु दुई दिने भव्य पहलमानी,नाच तथा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम रहने नगरप्रमुख तथा आयोजक बिजय शंकर प्रसाद साहले बताए। हुने समितीले जनाएको।

मुख्य मेला भने ६,७,८ र ९ गते गरी चार दिने रहने समेत जनाइएको छ।कलश यात्रामा हजारौको संख्यामा कलशयौलीको जमात देखिएको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]