१२ कार्तिक २०८२, बुधबार
29-10-2025 , Wed
×

शान्ति सैनिकद्वारा नागरिक–सैनिक सहकार्य निरन्तरता

Logo
प्रकाशित बिहिबार, बैशाख ०२, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं ,२ बैशाख ।लेवनानमा शान्तिस्थापनाका लागि तैनाथ बर्दबहादुर गणले आफ्नो कार्यक्षेत्रका वातावरण संरक्षणका लागि बिरुवा रोपणका साथै अन्य विभिन्न सामाजिक कार्य गर्दै आएको छ । संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसनअन्तर्गत लेवनानमा तैनाथ शान्ति सैनिक पूर्वी क्षेत्र कमाण्डर सहायकरथी जाभेर मिरागया प्रीइटोले शुभारम्भ गर्नुभएको ‘ब्लु टु ग्रीन क्याम्पियन’ लाई उक्त गणले निरन्तरता दिइरहेको छ ।

त्यहाँ तैनाथ नेपाली सेनाको बर्दबहादुर गणले गत चैत २८ गते नगरप्रमुखको सहभागितामा माज्दल स्लिममा २५० र साक्रा नगरपालिकामा पनि विभिन्न प्रजातिका २५० बिरुवा रोपेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

‘लेवनान मदर्श डे’ का अवसरमा हौला नगरपालिकाका महिलालाई लक्षित गरी यसअघि सञ्चालन गरिएको कोभिड–१९ र महिला स्वास्थ्य सचेतना तालिमका सहभागिलाई गणको तर्फबाट विभिन्न स्वाथ्य सामाग्री वितरण गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सामाजिक कार्यमार्फत उक्त गणले सैनिक नागरिक सहकार्यलाई अघि बढाउने क्रममा सञ्चालन गरिएको दन्त परीक्षण शिविरबाट जिम्मेवारी क्षेत्रका नागरिक लाभान्वीत भइरहेको जनाइएको छ । गणले हालको कोरोनाको महामारीमा समेत आफ्नो जिम्मेवारी क्षेत्रमा विविध सामाजिक गतिविधिलाई निरन्तरता दिएर स्थानीय निकायको मन जित्न सफल भएको सेनाले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]