०३ चैत्र २०८२, बुधबार
18-03-2026 , Wed
×

कमला २ मा जनमतको प्रथम वडा अधिवेशनबाट अध्यक्षमा महतो चयन

Logo
प्रकाशित शनिबार, बैशाख ०४, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,४ बैशाख ।डा सीके राउत नेतृत्वको जनमत पार्टी धनुषाले कमला नगरपालिका वडा नम्बर  २ मा प्रथम वडा अधिवेशन सम्पन्न भएको छ ।

शनिवार नगरपालिकाको वडा नम्बर २ स्थित माचीमा प्रथम वडा अधिवेशनबाट सुनिल महतोको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति गठन गरिएको छ ।

सो वडा कार्यसमितिको महिला उपाध्यक्ष रेणु देवी ,उपाध्यक्षमा संजय कुमार यादव ,सचिवमा सुरज कुमार यादव ,सहसचिवमा राम प्रमोद कु महतो र कोषाध्यक्षमा सुरेश कुमार साहलाई सर्वसहमतिले चयन गरेको छ ।

त्यसैगरी सदस्यमा सिकेन्द्र यादव ,मनोज कुमार यादव ,संगीता देवी ,रेखा देवी सहनी र सोभा कुमारी बिन रहेको छ ।

उक्त वडा अधिवशेनमा जनमत पार्टीका केन्द्रीय सदस्य ईन्द्रजित यादव ,दलित जनमत संघका प्रदेश २ संयोजक रघुबीर दास ,महिला नेत्री रेखा मण्डल ,अनिता यादव ,उषा यादव , जनमत पार्टी कमला नगरपालिका ३ का अध्यक्ष दिपेन्द्र यादव ,वडा नम्बर ४ का अध्यक्ष शम्भु महराको उपस्थितिमा सम्पन्न भएको छ ।

त्यसैगरी हुसेनी मन्सुरी ,बिबेक मोरबैता,पल्टु यादव ,विजय सहनी ,प्रदिप मण्डल ,रामकुमार मण्डलसहितको पार्टीका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]