०४ फाल्गुण २०८२, मंगलबार
17-02-2026 , Tue
×

मेका इन्जिनियरिङ समाजको साधारण सभा सम्पन्न

Logo
प्रकाशित शनिबार, बैशाख ०४, २०७८

जीतेन्द्र कुमार राम
जनकपुरधाम,४ बैशाख। धनुषाको सवैला नगरपालिका स्थित बिगत एघार बर्षदेखी गठित इन्जिनियरहरुको संगठन मेका इन्जिनियरिङ समाजले आज शनिबार उद्घाटन गर्दै पहिलो साधारण सभा सम्पन्न गरेको छ।

बिश्वभरी छरिएर रहेका सवैला नगरपालिका भरिका इन्जिनियर एवं ओभरसियरहरुलाइ एकत्रित पार्दै संगठित भएका मेका इन्जिनियर समाजको पहिलो साधारण सभा एवं उद्घाटनलाई स्वागत मन्तव्य राख्दै मेइसकै सचिब सत्रुधन साहले कार्यक्रमलाई अगाडि बढाएका थिए।

साधारण सभाबाट नव निर्वाचित पदाधिकारीहरुलाइ संस्थापक सदस्यहरुले फुल माला अबिर सहित शुभकामना दिएका थिए भने मेइसले आयोजना गरेको सम्मान कार्यक्रमबाट बिधार्थिहरुलाइ प्रमुख आतिथ्य गरिरहेका मन्त्री जितेन्द्र सोनलले सम्मान गरेका थिए।

बौद्धिक,ब्यापारीक तथा धार्मिक ईतिहास बोकेका सवैला नगरपालिकाभरिमा मात्रै ५० इन्जिनियर तथा २०० ओभरसियर गरि ३०० टेक्निकल दक्षता रहेका नगरपालिकामा बिकास निर्माणका काम हुदा दक्ष हुन नसकेको भन्दै भबिष्यतमा आउने ठूलो ठुलो योजनाहरुको DPR प्रस्तुत गर्दै काम दीर्घकालीन गर्न समेत कार्यक्रममा उपस्थित नगरप्रमुख बिजयशंकर साहलाइ मेइसले आग्रह गरे।

नगरपालिका भित्रै जर्जर अवस्थामा रहेका काठमहल पोखरी,बिच गाउँ भएर बग्दै गरेको खोला,निर्माणाधीन प्राथमिक अस्पताल,खानेपानी टंकि लगायत सप्तेश्वरनाथ महादेव मंदिर सहित अन्यको समेत कार्य योजना बिस्तार गर्दै स्थानीय सरकार,प्रदेश सरकार एवं संघिय सरकारले सहयोग गरे सौन्दर्यात्मक बनाउने समेत मेइसले अठोट गरे।

कार्यक्रममा उपस्थित प्रदेस सांसद किशोरी साह कमलले मेका इन्जिनियरिंग समाजलाइ अगामी दिनमा नगरभित्र मात्र नै प्रदेश स्तरिय नै बिस्तार गरे भविष्यका टेक्निकल बिद्यार्थीहरुको लागि एक प्लाटफोर्म तयार हुने बताए।

स्थानिय सरकार आएदेखी माथिदेखी तलसम्म बिकास निर्माणका काम होस या शिक्षा,स्वास्थ्य,बिकासका पुर्वाधार मेरुदण्ड कमजोर भएको भन्दै शिक्षित युवाहरुको सांगठनिक रुप एक भएर अग्रसर भए मात्र सुधार हुने भौतिक पुर्वाधार तथा बिकास मन्त्री जीतेन्द्र सोनलले बताए।

कार्यक्रममा मेइसले सवैला कार्यक्षेत्र बनाएर अहोरात्र पत्रकारीता पेशामा लागेका न्युज मधेश सम्बादाता जीतेन्द्र रामलाई अबिर माला एवं सम्मान पत्र सहित सम्मान गरेका थिए भने हाम्रो जनकपुरका पत्रकार शम्भु पंडित एवं हाम्रो जनकपुरकै बजार प्रतिनिधि मनोज पासवानलाइ समेत सम्मान गरेका छ्न।

कार्यक्रममा प्रदेश सांसद परमेश्वर साह,भौतिक पुर्वाधार तथा बिकास मन्त्री जीतेन्द्र सोनल,प्रदेश सांसद किशोरी साह,जसपा नगर संयोजक रामचन्द्र जायसवाल,मेयर बिजय शंकर साह,उपमेयर निलु कापर,जसपा केन्द्रिय सदस्य संजय सिंह लगायत युवा राजनीतिकर्मी,पत्रकार एवं बिधार्थिहरुको सहभागिता बाक्लो रहेको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]