०२ चैत्र २०८२, मंगलबार
17-03-2026 , Tue
×

मोक्षधामका चार धाममा कलात्मक मन्दिर बनाइँदै

Logo
प्रकाशित आइतबार, बैशाख ०५, २०७८

न्यूजमधेश डेस्क
रुपन्देही ,५ बैशाख । रुपन्देहीको तिलोत्तमा नगरपालिका–६ पश्चिम पहुनीमा रहेको मोक्षधाममा चारधामका कलात्मक नमूना मन्दिर निर्माण गरिने भएको छ । पुराणमा उल्लेख भएअनुसार भारतका बद्रीनाथ, जगन्नाथ, रामेश्वरम र द्वारिका गरी चार धाम तथा नेपालका रामजानकी मन्दिर र लुम्बिनी बौद्ध स्तूप त्यहाँ बन्न लागेको हो ।

पृथ्वीमा स्वर्गको आभास हुने परिकल्पना गरिएको मोक्षधाममा ती धामसहित विभिन्न देवीदेवताका मूर्ति राखिने मोक्षधाम सेवा आश्रमका अध्यक्ष रोमणीप्रसाद पाठकले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाको धार्मिक पर्यटनलाई केन्द्रमा राखेर मोक्षधामको परिकल्पना गरिएको हो । ती ६ धाम निर्माणका लागि करीब रु एक अर्ब लागत लाग्ने अनुमान गरिएको छ । मोक्षधामको यही वैशाख ११ गते शिलान्यास गर्ने कार्यक्रम तय गरिएको छ ।

आयोजना निर्माणस्थलमा ती धाम, मन्दिर र स्तूपका सन्तमहन्त, जनप्रतिनिधि, राजनीतिज्ञ, समाजसेवी लब्धप्रतिष्ठित व्यक्ति, व्यापारी, उद्योगी तथा भक्तजनबाट सामूहिक रुपमा शिलान्यास गर्ने कार्यक्रम तय गरिएको धामका कोषाध्यक्ष नारायण बञ्जाडेले जानकारी दिनुभयोे ।

यसैगरी निर्माण सम्पन्न मुक्तिनाथ मन्दिर, एक हजार १०८ शिवलिङ्ग द्वादश ज्योर्तिलिङ्गसहित विश्वनाथ, पशुपतिनाथ मन्दिर, सन्त निवास (सत्सङ्ग कक्ष) भवन, वृद्धा तथा बाल आश्रम र सभागृहको उद्घाटन गर्ने कार्यक्रमसमेत तय गरिएको छ ।

सनातन वैदिक धर्मावलम्बीको पवित्र तीर्थस्थल निर्माण गर्ने उद्देश्यले २०६८ सालमा मोक्षधामको परिकल्पना गरी २०७२ सालदेखि पूर्वाधार निर्माण शुरु गरिएको थियो ।

मोक्षधाम सेवा आश्रमले हालसम्म राधाकृष्ण मन्दिर, सत्सङ्गगृह, द्वादश ज्योतिर्लिङ्ग तथा एक हजार १०८ शिवलिङ्गसहितको विश्वनाथ मन्दिर, हवनकुण्ड, अमृत कुण्ड, बाल तथा वृद्धाश्रम, मुक्तिनाथ मन्दिर तथा सभागृह निर्माण गरेको छ । यसमा भौतिक पूर्वाधार निर्माणमा मात्रै करीब रु ६ करोड खर्च भएको जनाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]