२२ पुष २०८२, बुधबार
07-01-2026 , Wed
×

सिरहामा बोक्सी आरोपमा कुटपीटगरी यातना दिएको आरोपमा युवक पक्राउ

Logo
प्रकाशित सोमबार, बैशाख ०६, २०७८

आशिष विश्वकर्मा
सिरहा,६ बैशाख । सिराहामा बोक्सी आरोपमा महिलालाई कुटपीटगरी यातना दिइएको आरोपमा एक युवालाई प्रहरीले पक्राउ गरेको छ । औरही गाउँपालिका–५ की ५० वर्षीया हिरादेवी साहलाई बोक्सी आरोपमा कुटपिट गरी जबर्जस्ती मलमूत्र कोच्यायको आरोपमा आफ्नै भतिजा २९ बर्षिय घुरन साहलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले घटना बाहिर आएपनि त्यसका बास्तविकता बुझ्न बाँकी रहेको बताएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी सुदिप राजभण्डारीले प्रहरीमा घटनाको विषयमा आधिकारीक जानकारी वा उजुरी नआएको भन्दै पीडित महिलालाई जिल्लामा ल्याउने प्रयास भईरहेको जानकारी दिए । घटनामा संलग्न रहेको उनकै भतिजा घुरनलाई नियन्त्रणमा लिएको र अन्य भागेको बताए । उनले भने, ‘हामीले पीडितलाई यही झिकाएर जानकारी लिँदैछांै त्यसपछिमात्र घटनाबारे केही भन्न सकिन्छ ।’

यता, पीडित हिरादेवीले गाईलाई टुना गरेर मारेको आरोपमा जेठाजुका छोरा र बुहारीले कुटपिट गर्दै मानव मलमूत्र खुवाएको हीरादेवीले जानकारी दिइन । भतिज घुरन साहले कुटपीट गर्दै भुइँमा लडाएपछि बुहारीहरू कौशिला, निशा र कविताले जबर्जस्ती मानव मलमूत्र मुमा कोचेको बताइन ।

हीरादेवीका श्रीमान् रामचलितर साह रोजगारका क्रममा भारतको चण्डीगढमा छन् । उनी छोराछोरीसहित घरमा बस्दै आएकी छन् । दुई छोरी र एक छोरामध्ये जेठी छोरी मात्र घरमा भएको मौका पारी आफूमाथि अमानवीय काम गरेको भन्दै उनले दोषीलाई कारबाहीको माग गरेकी छिन् । तर, घटना लुकाउन हीरादेवीलाई स्थानीयले दबाब दिएको बताइएको छ । स्थानीयको दवावका कारण उनी प्रहरीमा जान नसकेपछि प्रहरी आफै उनको घरमा पुगेको छ ।

बोक्सी आरोपमा कुटपिट गर्ने र मलमूत्र खुवाउने घटनाका दोषीलाई कानुनी कारबाही गर्नुको सट्टा स्थानीय अगुवा गाउँमै मिलापत्रको तयारीमा जुटेका छन् । घटनाको उजुरी गर्न प्रहरी चौकी औरही पुगेकी साहलाई स्थानीय श्रीदेव यादवलगायतले गाउँमै मिलापत्र गर्ने गरी फर्काएर ल्याएका छन । यादवले आफन्तबीचको घटना भएकाले प्रहरीमा मिल्नुभन्दा गाउँमै मिल्नु राम्रो हुन्छ भनेर फर्काएको बताए । कुटपिटको घटना सुन्नमा आएकाले आफूले गाउँमै मिलापत्रको लागि प्रहरीमा जानबाट फर्काएको उनको भनाइ छ ।

२ वैशाखमा मिथिला क्षेत्र जुडशीतल पर्व मनाउँदै थियो । हीरादेवी जेठाजुका छोराबुहारीलाई पानी छर्केर आशीर्वाद दिन उनीहरूको घर पुगिन । पानी छर्किने क्रममा घरमा रहेको गाईमाथि पानी प¥यो । त्यो पानी घुरनले आफैँ गाईमाथि खन्याएका थिए । जिउमा पानी परेको गाईको शनिबार बिहान मृत्यु भयो । गाई मरेको जानकारी घुरनले श्रीमती विन्दीलाई दिए । ‘गाई मरेको देखेपछि बुहारीलाई सुनाए,’ पीडित हीरादेवीले भनिन्, ‘त्यो सुन्नेबित्तिकै तथानाम गाली गर्न थाल्यो । सडकमा घिसार्दै कुटपिट गर्न थाल्यो । घुरनले पाखुरा र हात समातेर भुइँमा लडायो । बुहारीहरूले जबर्जस्ती मलमूत्र मुखमा कोचे ।’ गाई मारेको झुटो आरोप लगाएर सडकमा आफूलाई मलमूत्र खुवाउँदा पनि गाउँलेले रमिता मात्र हेरेको उनले गुनासो गरिन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]